काँग्रेसका शिर्ष नेताहरु पर्वत आउँदै हुर्नुहोस् यस्ता छन् कार्यक्रम - News site from Nepal

पर्वत– नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका शिर्ष नेताहरु पर्वत आउने भएका छन् । नेपाली काँग्रेस पर्वतको जिल्ला भेला तथा नेपाली काँग्रेस जलजला गाउँ कार्यसमितिको भवन शिलन्यासका लागि देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता बिश्वप्रकाश शर्मालगायतका नेताहरु पर्वत आउन लागेका हुन ।
नेपाली काँग्रेस पर्वतको जिल्ला भेला यही फागुन २७ गते सदरमुकाम कुश्मामा हुँदैछ । त्यसैगरी जलजला गाउँ कार्यसमितिको भवन एवम् मोहनबहादुर मल्ल स्मृति भवनको शिलन्यास जलजला गाउँपालिका वडा नम्बर ४ मोहनचोकमा फागुन २६ गते बिहान १० बजे हुने भएको नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले जानकारी दिए ।
देउवासहितका नेताहरुले यही फागुन २५ गते नेपाली काँग्रेस जिल्ला कार्यसमिति म्याग्दीको भवन उद्घाटन गर्ने कार्यक्रम छ । तीन दिन पर्वत, म्याग्दी र बागलुङका विभिन्न कार्यक्रममा नेताहरुको सहभागिता रहने भएको हो । पर्वतको जलजला र कुश्मामा हुने कार्यक्रमको तयारीका लागि नेपाली काँग्रेस पर्वतले तयारीलाई तिब्र पारेको सभापति खिमप्रसाद भुसालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!