कास्कीको पोखरा महानगरपालिका वडा नं. १८ सराङकोट स्थित जन जागृति मा.वि.को ५८ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।
बिद्यालयले ५८ बर्ष पुगेको अवसरमा मङगलवार एक कार्यक्रमका बिच दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले गुणस्तरिय सहितको व्यवसायीक तथा व्यवहारिक शिक्षा विना मुलुकले विकास र समृद्धि सम्भव नभएको बताउनुभयो । उहाँले शिक्षाको क्षेत्रमा आमूल परिवर्तन गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राख्नुभयो । विद्यमान शैक्षिक पद्धतीले बेरोजगार मात्रै उत्पादन गरेकाले अब सोझै उत्पादनसँग जोड्ने गरी व्यवसायिक शिक्षा नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन जोड दिन विशेष नीति लिने योजना प्रदेश सरकारले अघि सर्ने तायारी थालेको बताउनुभयो ।
उहाँले बिधार्थीको भविष्य शिक्षकको हातमा हुने हुदाँ शिक्षक लाई मर्यादित तवरमा अध्ययन अध्यापन गराउन निर्देशन दिनुभयो । “बिद्यालयमा बिद्यार्थीहरुको सख्या न्यून भयो भनेर चिन्ता लिन छोड्नुहोस मन्त्री लम्सालले भन्नुभयो,कम बिद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा कसरि दिने भन्ने तर्फ सोच्नुहोस् । पढ्न धेरैले जानेका तर के पढ्ने भन्ने ज्ञान कमैलाई मात्र थाहा हुने हुदाँ उनीहरुको शैक्षिक सुधारका लागि अभिभावक र शिक्षक निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो” ।
पोखरा महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष रण ब.थापाले बिद्यालयमा नयाँ शिक्षण पद्धतीको विकास हुन नसक्दा सामुदायिक बिद्यालयहरु पछी परेको बताउनुभयो ।
कायक्रममा नेकपाका पुस्कल ब. थापा,नेपाली काङग्रेसका शिव प्रसाद तिमिल्सिना,वडा सदस्य सरला नेपाली,बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु वल ब. थापा,प्रेम ब. जि.सि.,अभिभावक शान्त व.सु्वेदी,सुर्य खड्का लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
बिद्यालयका अध्यक्ष कृष्ण ब.गोतामेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अवसरमा बिधालयका प्र.अ.विष्णु प्रसाद तिमिल्सिनाले बिद्यालयको बार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बिद्यालयको बार्षिकोत्सव समारोहका अवसरमा बिधार्थीहरुले बिभिन्न नृत्य प्रस्तुत गरेका थिए ।