ट्वाइलेटको पानी बेचेर करोडौँ कमाउँदै सरकार - News site from Nepal
ट्वाइलेटको पानी बेचेर करोडौँ कमाउँदै सरकार
ट्वाइलेटमा प्रयोग गरेको पानी केमा प्रयोग होला ? त्यो फोहोर पानी ढलमा मिसिनुको विकल्प के होला र ? भन्नुहोला ।

तर भारतमा एउटा सरकारी संस्थाले ट्वाइलेटको पानी बेचेर ७८ करोड भारु कमाउँदै छ ।

भारतका केन्द्रीय परिवहन मन्त्री नितिन गडकरीले यसको पुष्टि गरेका छन् । फोहोर ठानेर फ्याँकिने ट्वाइलेटको पानीबाट राम्रो कमाइ गर्न सकिने उनको योजना छ ।

वास्तवमा भारत सरकारले ट्वाइलेटमा प्रयोग भएको पानीबाट एसी बस चलाउँदैछ ।

मन्त्रीका अनुसार नागपुरमा वैकल्पिक इन्धनका विषयमा केही नयाँ प्रयोग भइरहेको छ । त्यहाँ ट्वाइलेटको पानीबाट बायो ग्यास निकालिन्छ । सोही ग्यासबाट बस गुड्नेछ ।

नितिन गडकरीका अनुसार मुम्बइ, पुणे तथा गुवाहटीमा कोइलाबाट बस चलाउने प्रयोग पनि भैरहेको छ । कोइलाबाट मिथेन ग्यास निकालेर त्यसको प्रयोग गाडीको इन्जिनमा गरिनेछ । डिजेल भन्दा मिथेन ग्यास निकै कम मूल्यमा पाइने भएको हुँदा यसले परिवहनको भाडा सस्तो बनाउने मन्त्रीको दाबी छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!