काठमाडौं : भारतले नेपालतर्फ हुने प्याज निर्यातमा खुकुलो गरेपछि मूल्य पनि अप्रत्याशित रूपमा घट्न थालेको छ। एक सातायता मुलुकभर प्याजको मूल्यमा भारी गिरावट आएको छ।
वीरगन्ज र काँकडभिट्टामाजस्ता सीमावर्ती बजारमा सरदर प्रतिककिलो १०० रुपैयाँमा किनबेच...
देउवामाथि सामूहिक दबाब
काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाको पुस ११ को एकपक्षीय निर्णय सच्याउन सामूहिक दबाब दिने निष्कर्षसहित जिल्ला सभापति भेला बुधबार सम्पन्न भएको छ। भेलाको निचोड र सुझाव सभापति देउवालाई बिहीबार बिहान उनकै निवासमा बुझाउने तयारी...
हिउँदे वर्षा लम्बिने, भूमध्य सागरमा बनेको न्यूनचापीय प्रणाली नेपाल भित्रिँदै
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले यस वर्षको हिउँदे वर्षा लम्बिने जनाएको छ। छिटो हिउँदे वर्षा सुरु भएर पनि यस वर्षको हिउँदे वर्षा लम्बिने सम्भावना बढेको हो।
नेपालमा अहिलेसहित तीनपटक हिउँदे वर्षा भइसकेको छ। हिउँदे वर्षा...
सेरेमोनियल बन्दै संसद
काठमाडौं : संसदको मुख्य काम हो कानुन बनाउनु र सरकारले पेस गरेका विधेयकको गुण दोष केलाएर असल नीति पारित गर्नु। तर, सांसदहरु आफ्नो यही मुख्य जिम्मेवारीमा खासै सहभागी हुँदैनन्।
जसका कारण सरकारले जस्तो चाह्यो त्यस्तै...
आकाशियो खाद्यान्नको भाउ, प्रतिकेजी २०० सम्म बढ्यो
काठमाडौं : पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ। जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ।
एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २०० रुपियाँसम्म महँगो भएको हो। नेपाल खुद्रा व्यापार...
जोसुकैको फोन रेकर्ड र इमेल, एसएमएस पढ्ने सक्ने कानुन बनाउँदै सरकार
काठमाडौं : सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रताको हक जोखिममा पारेको भन्दै विरोध भइरहँदा संसदमा दर्ता भइसकेको अर्को विधेयकले गोपनीयताको हक हनन गर्ने चिन्ता बढेको छ।
नेपाल विशेष सेवा विधेयकमा राष्ट्रिय अनुसन्धान विभागले...
१० युनिटसम्म विद्युत् महसुल ३० रुपैयाँ !
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई ३० रुपैयाँ मात्रै लिने गरी शुल्क निर्धारण गर्ने तयारी गरेको छ।
प्राधिकरणको सञ्चालक समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...
कसैले कसैलाई जिस्क्याए १० लाख जरिवाना
काठमाडौं : सूचना प्रविधि विधेयकले ‘सामान्य’ अपराध र प्रचलित कानुनले गम्भीर प्रकृतिका अपराधमा तोक्ने सजायमा असंगति देखिएको छ।
सामान्य प्रकृतिको अपराधमै विधेयकले १० गुना बढी जरिवाना प्रस्ताव गरेको छ। मुलुकी फौजदारी संहिताले हाडनाताभित्रको करणीमा ४०...
सार्क बिउँझाउने मोदीको टेलिफोन
काठमाडौं : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले पुनः जीवन पाउने/नपाउने बहस सुरु भएको छ। भारत–पाकिस्तान तनाव सार्कमा बाधक बन्दै आएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क क्षेत्रका नेतालाई टेलिफोन गरी शुभकामना दिइरहँदा पाकिस्तान र...
विदेशी काठसँगै भित्रियो अनौठो कमिला
काठमाडौं ः नेपालको सहरी क्षेत्रमा पछिल्लो समय अनौठो प्रजातिको कमिला देखिएको छ। रातो कमिलाजस्तै देखिने यो यहाँको भने होइन।
यस्तो कमिला कहाँबाट कसरी नेपाल प्रवेश गर्यो भन्ने जानकारी कसैलाई छैन। यो कमिला केही समय अघि...