विदेशी काठसँगै भित्रियो अनौठो कमिला - News site from Nepal
विदेशी काठसँगै भित्रियो अनौठो कमिला

 काठमाडौं ः नेपालको सहरी क्षेत्रमा पछिल्लो समय अनौठो प्रजातिको कमिला देखिएको छ। रातो कमिलाजस्तै देखिने यो यहाँको भने होइन।
यस्तो कमिला कहाँबाट कसरी नेपाल प्रवेश गर्यो भन्ने जानकारी कसैलाई छैन। यो कमिला केही समय अघि मात्र नेपाल प्रवेश गरेको नेपाल जडिबुटी उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेले बताएको खबर अन्पूर्णपोस्ट दैनिकमा छ। नेपालमा दुई किसिमका कमिला छन्। एउटा वनस्पतिलाई नोक्सान गर्ने र अर्को नगर्ने।
नयाँ कमिलाले वनस्पतिलाई नोक्सान गरिरहेको घिमिरे बताउँछन्। ‘यो कमिला सहरी क्षेत्रका पक्की घरमा मात्र देखिएको छ। भर्खरै नेपाल भित्रिएको हुनसक्छ,’ उनी भन्छन्, ‘वनस्पतिका लागि यो खतरापूर्ण छ। यसले सागपातलगायत वनस्पति नोक्सान गरिरहेको हामीले भेट्टाएका छौँ।’
विदेशबाट भित्रिने काठसँगै यो कमिला पनि नेपालसम्म आइपुगेको हुनसक्ने अध्यक्ष घिमिरेको अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!