नेपाल प्रेस यूनियन पर्वतमा गौतम  - News site from Nepal
नेपाल प्रेस यूनियन पर्वतमा गौतम 
पर्वत– प्रेस यूनियन पर्वतको सातौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विष्णु सापकोटा गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्ष योगराज गिरी बद्री र इन्दिरा शर्मा तिवारी रहनुभएको छ भने सचिबमा मुना केसी लामिछाने र सहसचिबमा मिना पराजुली रहनुभएको छ । यसैगरी कोषाध्यक्षमा पुजा कार्की, तथा सदस्यहरुमा बसन्त बास्तोला, अस्मिता गौतम, सुरेश रेग्मी, सन्तोष पराजुली र खिममाया पाईजा गिरी रहनुभएको छ ।
यस अघि आयोजित उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रेस यूनियका केन्द्रीय अध्यक्ष शिव लम्सालले अहिलेको सरकारका गतिविधि पत्रकारिता विरोधी रहेको र यसले पंचायती सरकारलाई समेत उछिनेर पत्रकारिता जगतलाई अप्ठ्यारोमा पार्न खोजेको आरोप लगाउनुभयो । अध्यक्ष लम्सालले पत्रकारिता क्षेत्रकै व्यक्ति सञ्चारमन्त्री हुँदा समेत पत्रकारको मर्म बुझ्न नसक्नु विडम्वना भएको बताउनुभयो । अधिवेशनमा पत्रकारिताको वर्तमान अवस्था, प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा तथा संचारमाध्यमको विश्वसनीयताका विषयमा छलफल भएको थियो । पत्रकारिता क्षेत्रले पछिल्लो समय विभिन्न चुनौतीको सामना गर्नु परेको उल्लेख गर्दै जस्तोसुकै परिस्थितिमा पनि पत्रकारले तथ्यमा आधारित, जिम्मेवार र निस्पक्ष पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा सहभागी वक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशीले भन्नुभयोर्–पत्रकारको विचार आफ्नो स्थानमा होला तर लेख्ने बेलामा भने तथ्यमा आधारित भई समाचार लेख्नुपर्छ । पत्रकारले मर्नै परे पनि सत्यको पक्षमा समाचार लेख्न डराउनु हुँदैन । कमजोरी छ भने ढाँकछोप नगरी आफ्नै पार्टीका विरुद्ध पनि लेख्न सक्नुपर्छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारी, नेपाल प्रेस युनियन पर्वतका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाई, ओमप्रसाद घायल, प्रेस यूनियनका केन्द्रीय उपमहासचिब दिलिपाश्री अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छबिलाल तिवारी, पत्रकार महासंघ पर्वत अध्यक्ष लक्ष्मण सापकोटा, प्रेस यूनियनका केन्द्रीय सदस्य माया अधिकारी, साजन परियार, प्रदिप पन्त, प्रेस चौतारीका अध्यक्ष दिपेश वि पौडेल, प्रेस संगठनका गण्डकी प्रदेश सदस्य प्रनिश गिरी, सञ्चारिका समुह पर्वतका अध्यक्ष रन्जनना खत्री, पर्वत उद्योग बाणिज्य संघका उपाध्यक्ष शिवशर्मा पौडेल लगायतले बोल्नुभएको थियो । उत्तम अधिकारकिो अधयक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रेस युनियन पर्वतका सचिव सुमन थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष विष्णु गौतमले राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!