पर्वत १६ असार : पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारा नजिकै कालीगण्डकी नदीको बीच भागमा बेवारिसे शव भेटिएको छ ।
नदिले बगाएर ल्याएको अवस्थामा भेटिएको शव सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर पर्वतवाट खटिएको टोलीले उद्धार गरी नदीबाट बाहिर निकालेको छ । उक्त शब गएरातीदेखि म्याग्दी सदरमुकाम बेनीवाट वेपत्ता बनेका बेनी नगरपालिका वडा नं. ४ सिंगा बस्ने ३६ बर्षिय राजु सार्कीको रहेको पुष्टि भएको छ ।
उक्त शव मृतकका दाजु मानबहादुर सार्कीलाई बुझाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल म्याग्दी पठाईएको सशस्त्र प्रहरी उपरिक्षक क्षितिज क्षेत्रीले जानकारी दिनुभयो । गणपती क्षेत्रीको कमाण्डमा र्याफ्टीङ बोट सहित खटिएको १५ जनाको टोली र बागलुङबाट शसस्त्र प्रहरी उपरिक्षक मनोज खड्काको नेतृत्वमा खटिएको १० जनाको टोलीले संयुक्त रुपमा शब नदीबाहिर निकालेको थियो ।






