सागसब्जि र खसीबोका निर्यातवाट महाशिलामा भित्रियो आठ करोड  - News site from Nepal
सागसब्जि र खसीबोका निर्यातवाट महाशिलामा भित्रियो आठ करोड 
पर्वत – पर्वतको विकट र सवैभन्दा सानो गाउँपालिकाको रुपमा रहेको महाशिला गाउँपालिकाले सागसब्जि र खसीबोका विक्रि गरेर रु.आठ करोड रुपैया भन्दा बढि भित्र्याउन सफल भएको छ ।
कृषि तथा पशु पशुजन्य उत्पादन वृद्धि गरी नागरिकको आयस्तरमा अभिवृद्धि गर्नका लागि विभिन्न प्र्रोत्साहनमुलक कार्यक्रम शुरु गरेसँगै पछिल्लो २० महिनाको अवधिमा रु.आठ करोड करोड १३ लाख २१ हजार पाँच सय ५८ रुपैँया भित्रिएको हो । महाशिलाका छ वटै वडामा व्यावसायिक तरकारी खेती तथा बाख्रापालन गरिँदै आएको छ । पालिकाका सवै वडामा सडकको सहज पहुँच पुगेसँगै उत्पादित बस्तुको सजिलै निर्यात गर्न सकिने भएकाले एकै वर्षमा ठुलो परिमाणमा आम्दानी गर्न सफल भएको महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी भुसालले जानकारी दिनुभयो ।
अध्यक्ष भुसालका अनुसार गाउँपालिकाका छ वटै वडाका आठ सय ८३ कृषकहरुले उत्पादन गरेको सागसब्जी, खसीबोका,स्थानीय जातका कुखुरा र दुध विक्रि गरेर उक्त आम्दानी भएको अध्यक्ष भुसालले बताउनुभयो । यहाँ उत्पादित कृषिजन्य बस्तु सदरमुकाम कुश्मा, छिमेकी जिल्ला स्याङ्जा र पोखरामा छ्याप्छ्याप्ती पाईन्छ ।
उच्च पहाडी भेगमा रहेको महाशिलामा उत्पादित सागसब्जि र खसीबोका किन्न पोखराको बिरौटामा रहेका तरकारी पसलहरुमा विहानैदेखि ग्राहकको लाईन नै लाग्ने गरेको छ । गाउँमा उत्पादित अर्गानिक र स्वस्थ्यकर हुने भन्दै ग्राहकहरुको पहिलो रोजाई बनेको हाल पोखराको विरौटामा बस्दै आएका महाशिला गाउँपालिका वडा नं. ५ का पुर्व अध्यक्ष जीवन विक्रम उच्चैले जानकारी दिनुभयो ।
महाशिलाका अध्यक्ष भुसालका अनुसार कृषकलाई व्यावसायिक कृषिमा आत्मनिर्भर बनाउनका लागि पालिकाले सागसब्जिमा प्रति किलो रु. पाँच रुपैया र मासुजन्य बस्तुमा रु. २५ रुपैया तथा दुधमा प्रतिलिटर रु. दश रुपैया अनुदान दिँदै आएको छ । यस्तै कृषकको उत्पादन तौल जोख कार्यका लागि गाउँपालिकाभित्रका सबै टोल टोलमा तौल तराजु पुग्ने गरी ३३ ओटा तराजु वितरण गरिएको अध्यक्ष भुसालले बताउनुभयो । कृषकको गोठको भकारो सुधार र बाख्राको खोरसुधार कार्यमा ५० प्रतिशत अनुदानको कार्यक्रम समेत संचालन गरेपछि ब्यावसायिक कृषिमा लाग्ने कृषकको आकर्षण समेत बढेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!