महाशिला गाउँपालिकाद्धारा भोटेकोशी पिडितका लागि एक लाख ११ हजार एक सय ११ सहयोग  - News site from Nepal
पर्वत– बुधवार भोटेकोशीमा आएको बाढीपिडितको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि पर्वतको महाशिला गाउँपालिकाले एक लाख ११ हजार एक सय ११ रुपैया सहयोग गर्ने भएको छ ।
पिडितहरुको पिडामा मल्हम लगाउने उद्धेश्यले गाउँकार्यपालिकाको बुधवारको बैठकले एक लाख ११ हजार एक सय ११ रुपैया सहयोग गर्ने निर्णय गरेको हो । उक्त रकम तत्काल प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने प्रमुख प्रशासकिय अधिकृत देबेन्द्र पाण्डेयले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसालको अध्यक्षतामा बसेको बैठकले बाढी पिडितहरुलाई तत्काल पुर्नस्थापना, उपचार, उद्धार तथा खाद्यान्न उपलव्ध गराउनका लागि सरकारलाई ठुलो आर्थिक सहायता आवश्यक परिरहेको र सरकारले समेत रकम संकलनका लागि अनुरोध गरेको अवस्थामा पालिकाले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरोको कारण भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको ठूलो जनधनको क्षतिप्रति महाशिला गाउँपालिकाले दुःख समेत व्यक्त गर्दै राहत र उद्धारका लागि सवैलाई आवश्यक सहयोगमा जुट्न आव्हान समेत गरेको छ ।
यस अघि पर्वतको पैंयू गाउँपालिकाका कर्मचारीले तीन दिन बराबरको तलब दिने निर्णय गरेका छन् भने जिल्लाका जनप्रतिनिधिहरु मध्ये पैंयू ५ का अध्यक्ष निर्भिक नारायण भुर्तेलले एक महिनाको तलब र कुश्मा नगरपालिका वडा नं. ८ का अध्यक्ष सुरेन्द्र केसीले रु. १० हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!