पर्वत– बुधवार भोटेकोशीमा आएको बाढीका घाईते भई उपचारत बिरामीहरुको लागि पर्वतमा आकस्मिक रक्त संकलन कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ गुप्तेवरको आयोजनामा बिहीवार विहान रक्तदान कार्यक्रम गरिएको हो । सो अवसरमा सुरक्षाकर्मी, तथा अन्य सर्वसाधारण गरी झण्डै ५० जनाले रगत दान गरका छन् ।
जिल्लामा एकैपटक धेरै संकलन गर्दा भण्डारण गर्न नसकिने भएकाले अहिले सिमीत मात्रामा संकलन गरिएको हो । उक्त रगत पोखरास्थित रक्तसञ्चार केन्द्रमा पठाईने र बाढी पिडितहरुको आवश्यकताको आधारमा काठमाण्डौ लगायतका अस्पतालमा पठाउने तयारी गरिएको लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ आई नेपालका डिस्ट्रि चिफ अर्जुन निर्जन पौडेलले बताउनुभयो । राष्ट्रिय विपत्तिका बेला रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर रक्तदान कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
रक्तदान कार्यक्रमका संयोजक शिवप्रसाद शर्माका अनुसार लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ आई नेपालको आव्हान अनुसार रक्तसंकलन कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रमको प्राविधिक सहयोग जिल्ला रेडक्रस सोसाईटीले गरेको लायन्स क्लव अफ गुप्तेश्वरका अध्यक्ष डम्बर गिरीले जानकारी दिनुभयो ।






