महाशिला गाउँपालिकाको सिमाना हेरफेर नगर्ने सर्वदलीय निर्णय - News site from Nepal

पर्वत– पर्वत जिल्लाको महाशिला गाउँपालिकाको मौजुदा भौगोलिक सिमाना तथा वडाहरूको संरचनामा कुनै पनि हेरफेर नगर्ने निर्णय गरिएको छ।
गाउँपालिकामा क्रियाशील प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठकले वर्तमान प्रशासनिक तथा भौगोलिक स्वरूपलाई नै यथावत् राख्ने साझा निष्कर्ष निकालेको हो।सिमाना यथावत् राख्ने साझा मतसरकारले स्थानीय तह तथा वडाहरूको सिमाना परिमार्जन वा गाभ्ने प्रयोजनका लागि देशभरका स्थानीय तहहरूसँग राय र सुझाव माग गरेपछि महाशिलामा सर्वदलीय संवाद आह्वान गरिएको थियो।
बैठकमा सहभागी रास्वपा, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा लगायतका राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीय सरोकारवालाहरूले हाल कायम रहेको ६ वटा वडा र गाउँपालिकाको समग्र सिमाना प्राकृतिक र सांस्कृतिक रूपमा उपयुक्त रहेको धारणा राखेका थिए। सिमाना चलाउँदा स्थानीय बासिन्दामा थप अन्योल र विवाद सिर्जना हुन सक्ने भएकाले हेरफेर नगर्नु नै उपयुक्त हुने निर्णयमा दलहरू पुगेका हुन्।
मन्त्रालयमा सुझाव पठाइनेविकास निर्माण र प्रशासनिक सुगमताका हिसाबले अहिलेको संरचना सन्तुलित रहेको बैठकको ठहर छ। सर्वदलीय बैठकबाट पारित भएको उक्त निर्णयलाई कार्यपालिका बैठक मार्फत अनुमोदन गराई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आधिकारिक सुझावको रूपमा पठाइने महाशिला गाउँ कार्यपालिकाको कार्यालयले जनाएको छ।
यो निर्णयसँगै महाशिलामा सिमाना हेरफेरका कारण उत्पन्न हुन सक्ने सम्भावित अन्योल अन्त्य भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!