कालीगण्डकी नदी अबैध उत्खनन्‌मा प्रयोग भएका जेसीबी र टिपर नियन्त्रणमा - News site from Nepal

कुश्मा –  पर्वत प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न एक जेसीबी र एक टिपर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार असार २० गते साँझ करिब ५:४५ बजे कुश्मा नगरपालिका–१ स्थित कालिगण्डकी नदी किनारमा प्रदेश ३–०१–००२ क ७०२ नम्बरको जेसीबीमार्फत अवैध रूपमा ढुंगा उत्खनन तथा ग १ क ४७६८ नम्बरको टिपरमा लोड भइरहेको अवस्थामा दुवै सवारी साधन नियन्त्रणमा लिइएको हो।

प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि कुश्मा नगरपालिकाको कार्यालय पठाएको जनाएको छ। नगरपालिकाले उक्त कसुरमा ४० हजार रुपैयाँ जरिवाना गरेको र जरिवाना तिराई सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिएका छन्।

प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि निगरानीलाई थप प्रभावकारी बनाइएको जनाएको छ। साथै यस्ता गतिविधिमा संलग्न नहुन र कानुनको पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!