पर्वतका विभिन्न स्थनवाट १९ थान अबैध भरुवा बन्दुक बरामद - News site from Nepal
पर्वतका विभिन्न स्थनवाट १९ थान अबैध भरुवा बन्दुक बरामद

पर्वत, २० असार : पर्वतका विभिन्न स्थानबाट लुकाईछिपाई राखिएका १९ थान अबैध भरुवा बन्दुक बरामद गरिएको छ ।

गत बिहीवार र शुक्रवार गरी यति धेरै अबै हतियार बरामद गरिएको हो । जिल्लाको मोदी गाउँपालिका वडा नं. ८ चित्रेको ठाडोपाखा सामुदायिक बनवाट आठ थान, कुश्मा नगरपालिका वडा नं. ७ गजौटे स्थित चिसापानी सामुदायिक वनबाट सात थान र जलजला गाउँपालिका वडा नं. ४ स्थित फेदी सौरेनी सामुदायिक बनवाट चार थान बराम गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक दिनेश पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अबैध हातहतियार लुकाईछिपाई राखेको स्थानीयवासीमार्फत खबर पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएका प्रहरी टोलीले सुरक्षित साथ बरामद गरी कार्यालयमा ल्याएर सुरक्षित साथ राखिएको हो । जिल्लामा जुनसुकै समयमा पनि गैरकानूनी र अपराधिक कृयाकलाप घट्न सक्ने भन्दै प्रहरीले अबैध हातहतियारको खोजीकार्यलाई तीब्रता दिएको प्रहरी नायब उपरिक्षक बिजय यादबले जानकारी दिनुभयो ।

यस्तो एकनाले भरुवा बन्दुकहरु जंगली जनावरको शिकार गर्नका लागि प्रयोग गरेको हुनसक्ने प्रहरीको भनाई रहेको छ ।
–––
लक्ष्मीप्रसाद सापकोटा
तस्विर : पर्वतको मोदी गाउँपालिका वडा नं. ८ चित्रेको महकेमा भेटिएका भरुवा बन्दुक ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!