पर्वतमा १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गर्ने पुरुष पक्राउ - News site from Nepal

पर्वत – पर्वतमा १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५३ वर्षीय एक पुरुष पक्राउ परेका छन्।

जिल्लाको जलजला गाउँपालिका ६ ठोट्नेरी निवासी ५३ वर्षीय गोरबहादुर विकलाई स्थानीय १२ वर्षीया बालिकालाई ललाईफकाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

घटनापछि पीडित बालिकाकी आमाले असार १७ गते प्रहरी चौकीमा जाहेरी दर्ता गराएकी थिइन्। जाहेरीका आधारमा प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तलाई विस्तृत स्वास्थ्य परीक्षणका लागि प्रदेश अस्पताल, कुश्मा पठाइएको छ। यस्तै, पीडित बालिकाको स्वास्थ्य परीक्षण सम्पन्न भएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!