पर्वतको चित्रेमा आठ नाल अबैध भरुवा बन्दुक फेला  - News site from Nepal
पर्वतको चित्रेमा आठ नाल अबैध भरुवा बन्दुक फेला 
पर्वत, १७ असार : पर्वतको मोदी गाउँपालिका वडा नं. ८ चित्रेको महकेमा अबैध हतियार फेला परेका छन् ।
अबैध हातहतियार लुकाईछिपाई राखेको स्थानीयवासीमार्फत जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक बिजय यादबको नेतृत्वमा खटिएको टोलीले आठ नाल अबैध भरुवा बन्दुक फेला पारेको हो । स्थानीय लतेखोला ठापोपाखा सामुदायिक बनमा बेवारिसे अवस्थामा लुकाईछिपाई राखिएको अवस्थामा ती हतियारहरु भेटिएको प्रहरी नायब उपरिक्षक यादबले जानकारी दिनुभयो ।
उक्त बन्दुकहरु आवश्यक मुचुल्का गरी जिल्ला प्रहरी कार्यालय पर्वतमा राखिएको उहाँले जानकारी दिनुभयो । जंगली जनावरको शिकार गर्नका लागि यस्ता अबैध हातहतियारको प्रयोग गरेको हुनसक्ने प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!