पर्वतमा रुखबाट लडेर लेसपारका प्रद्यानाध्यापक पुनको मृत्यु - News site from Nepal
पर्वत, १७ असार : पर्वतको मोदी गाउँपालिका वडा नं. ४ क्याङस्थित लेसपार माविका प्रद्यानाध्यापक रिकबहादुर पुनको रुखबाट लडेर मृत्यु भएको छ ।
स्थानीय खुईजरी गाउँमा बस्दै आउनुभएका ५४ वर्षिय पुन मंगलवार दिउँसो घर भन्दा माथि रहेको सामुदायिक बनमा टाप्सेको रुखमा गाईभैसीलाई खुवाउने घाँस काट्ने क्रममा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
रुखवाट लडेर गम्भिर घाईते हुनुभएका पुनको उपचारका लागि मनिपाल शिक्षण अस्पताल पोखरा लगिएकोमा गएरातीनै  चिकित्सकले मृत घोषणा गरेका थिए । घाइतेको टाउकोको पछाडिको भागमा गम्भिर चोट लागेको र उद्धारमा केहि ढिलाई भएका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन पटेलले जानकारी दिनुभयो ।
वडा नं. ४ को एकमात्र माध्यमिक विद्यालयका प्रद्यानाध्यापकको निधनपछि सिंगो गाउँ शोकमग्न बनेको छ । उहाँको निधनप्रति मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष बिमल लामिछानले समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!