
पर्वत– गरिमा बिकास बैंकको वित्तिय साक्षरता कार्यक्रम पर्वतको कुश्मा स्थित नारायण माविमा मंगलवार सम्पन्न भएको छ ।
बैंङ्किङ क्षेत्रका समसायिक विषयबस्तु नागरिकहरुमा जानकारी गराउने उद्धेश्यले वित्तिय साक्षरता कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा एक थान सिएसआर प्रोजेक्टर समेत नारायण माविलाई हस्तान्तराण गरिएको थियो । गरिमा बिकास बैंकका क्षेत्रीय प्रवन्धक कमल प्रसाद ढुंगानाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद शर्मालाई प्रोजेक्टर हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बिद्यार्थी, शिक्षक र अभिभावक गरी एक सय तीस जना भन्दा बढिको सहभागिता रहेको थियो ।
क्षेत्रीय प्रवन्धक ढुंगानाले बैंकले प्रवाह गर्दै आईरहेका सेवाहरुका बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो भने स्वागत प्रअ प्रकाश रिजालले गर्नुभएको थियो ।
कार्यक्रमको संचालन शाखाका कर्मचारी विष्णु गिरीले गर्नुभएको थियो । कार्यक्रममा गरिमा बिकास बैंकका क्षेत्रीय कार्यालयका लोकेन्द्र बहादुर क्षेत्री, शाखा कार्यालय कुश्माका शाखा प्रमुख सुरज थापा, कर्मचारी कमल सुवेदी र मुनु श्रेष्ठको सहभागिता रहेको थियो ।
काठमाण्डौको लापिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमाको देशभरी एक सय २३ वटा शाखा रहेका छन् । बैंकको एक्सटेन्सन शाखा एक र एटिम संख्या ५१ रहेको छ । बैंकले मुलुकका ४४ जिल्लामा शाखा विस्तार गरी बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।