सन्दर्भ एसईई : एस.एल.सि परिक्षा र मेरो अनुभुति - News site from Nepal
सन्दर्भ एसईई : एस.एल.सि परिक्षा र मेरो अनुभुति
जीवन उच्चै ठकुरी
२०५८ साल देशमा मंसिर महिनाबाट तत्कालीन बिद्रोहि पार्टी नेकपा माओवादीलाई आतंककारी घोषणा गरि उनिहरुले सन्चालन गरेको जनयुद्ध विरुद्धको लडाइँलाई दबाउन र व्यापक सैन्य कारबाही गरि समाप्त पारी मुलुकमा शान्ति ल्याउन भन्दै देशमा संकटकाल लागु गरियो ।तत्कालीन सरकारले देशमा संकटकाल घोषणा गर्यो र मुलुक भरी संकटकाल लागू भयो।सोही साल २०५८ सालमा इतिहास कै कहालीलाग्दो दरबार हत्या काण्डको समेत घटना भयो। २०५२ साल देखि सुरु गरेको सशस्त्र युद्ध सो बेला देखी नै देश का दुर्गम गाउँमा चन्दा असुली माओवादीहरुको चरम संगठन बिस्तारका नाम गाउँमा क्रमशः उनी हरुको पप्रभाव बढन थाल्यो २०५८ साल जेठ महिना सम्म रहेको ईलाका प्रहरी कार्यलय लुंखु देउराली रददा सम्म हाम्रो गाउँमा उनी हरुको गतिविधि निकै कमजोर थियो तर सो बेला फौजी आक्रमण गरि कार्यलय बिस्तापित भए पछि हामी अध्यनरत बिद्यार्थीहरुलाई तत्कालीन विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध गर्ने र बुर्जुवा शिक्षा विरुद्ध बैज्ञानिक शिक्षाको माग गर्दै ब्यबस्था विरुद्ध लडाइँ लड्न हतियार बोक्नु पर्ने भन्दै दिनहु हप्तौं प्रशिक्षण दिन हाम्रो बिधालयमा आउने संगठनमा जबर्जस्ती संगठित गर्ने र अपहरण सम्म गर्ने गरि निकै मानसिक दबाब दिन थालियो। कयौं साथीहरू अपहरणमा पर्नु भो सोही साल म पनि महेन्द्र ज्योति माध्यमिक बिधालय महाशिला गाउँपालिका वडा न. ५ लुंखुदेउराली एकपाटे बाट slc परिक्षा दिने बर्ष थियो ।हामी करिब ८२ जना विद्यार्थी थियौ त्यो बर्ष परिक्षामा दिने आफ्नो slc परिक्षाको तयारी गर्नु पर्ने बाध्यता रहयो । करिब जेठ तिर को समय थियो होला हामी हाम्रो दाजुभाइमा मेरो जिजुबुवा नाता को जिबा बित्नु भो र राती किरिया बस्ने हरुको लागि कुर्नु पर्न भएकोले उहाँको घरमा बसेका थियौ साथीहरू रात कटाउनु पर्ने उपाय खोज्दै हुनुहुन्थ्यो म खासै नजान्ने म आगन राखेको खाटमा सुतेको थिए एक्कासि गोलि र बमको आवाज आयो बन्दुक चल्ल्न थाल्यो हो हल्ला हुन थाल्यो राती करिब ११ बजे बाट सुरु भएको आक्रमण बिहान ४ बजे सम्म चल्यो सोही सालमा नै लुंखु देउराली अहालेमा रहेकोे पुरानो महेन्द्र ज्योति मा बि को भबनमा रहेकोे इलाका प्रहरी कार्यलयमा फौजी आक्रमण भयो करिब १५ जना जति प्रहरी कार्यरत हुनुहुन्थ्यो हामी घर भित्र गएर बसियो रात भरी निद्रा लागेन बिहानै उज्यालो नहुदै टिउसन पढ्न जानू पर्थ्यो जानै सकिएन त्यो दिन निकै कहालीलाग्दो थियो बिहानै हेलिकप्टर घुम्यो घाइते प्रहरी लाई लिएर गयो चौकी बिस्थापित गराइयो जुन घटनाले धेरै दिन बिक्षिप्त बनायो आक्रमण पछि सुरक्षा निकाय बिस्थापित भयो जस्ले गर्दा सो क्षेत्र तत्कालीन बिद्रोही माओवादीको आधार ईलाका बनी उनिहरुको दबाब र रजगज सुरु भयो। जब मंसिर महिनामा संकटकाल लाग्यो संयुक्त सुरक्षाको नाम रहेकोे शाही नेपाली सेना गाउँमा गस्ती जाने र अस्थायी दुई चार दिनको क्याप निर्माण गर्ने बस्ने र माओवादीको नाममा गाँस बास र चन्दा दिएको माओवादीमा लागेको भन्दै कुटपिट गर्ने धम्की दिने जस्ता अमानवीय व्यबहार सुरु भयो माओवादीमा लागेका हरुको नाम जुध्ने साथीहरूले त ज्यान जोगाउन गाह्रो बनायो अखिल क्रान्तिकारी माओवादीमा लागेको भन्दै दर्जनौ साथीहरू सेनाको घेराउमा पर्ने स्पष्टीकरण लिने क्यापमा बोलाउने धम्की दिने कुटपिट गर्ने जस्तो काम भयो । करिब माघ तिर को समयमा हो संयुक्त सुरक्षा शाही नेपाली सेनाको एउटा गस्ती टोलि बिस्तापित भइ खाली रहेकोे तत्कालीन इलाका बन कार्यलयको खाली रहेकोे भबनमा अस्थायी क्याप निर्माण गरि करिब एक हप्ता बस्यो सो समयमा हाम्रो कक्षा १० मा अध्यन गर्ने धेरै साथीहरूलाई बोलाइ तिमीहरु क्रान्तिकारीका सदस्य हौ तिमीहरूलाई कार्बाही हुन्छ भन्दै मानसिक र शारीरिक दबाब दिन थालियो केही साथीहरूको त यी माथि बाट नै आएको लिस्ट हो यिनिहरु त पक्कै माओवादी हुन छाडन मिल्दैन भनी तारेखमा राख्ने काम भयो पछि उहाँ साथीहरूको अभिभावक र बिधालयका शिक्षक गुरुहरुको रोहवरमा कागज बनाइ छाडियो । एकातिर बिद्रोही पक्षको दिनहुुँको तनाब अर्को तिर राज्य पक्षको बेला बेलाको त्रास गाउँ घर साच्चिकै सुनसान थियो दुबै तिरको हातहतियार धारीहरुको दब दबाले हाम्रो मानसिकता साच्चिकै बिक्षिप्त थियो। सर्बसाधारण हामी जनता दुई शक्तिको बीचमा पर्न थाल्यौं । सोही बर्ष हामी पनि slc तयारीका लागी बिहान बेलुकी समेत अतिरिक्त कक्षाको तयारी गर्नेहरुको लागि निकै सकस बन्यो जब साँझ पर्थ्यो र बिहान पुर्ण उज्यालो नहुदा सम्म गाउँ सुनसान हुन्थ्यो प्रायः आवजावत शुन्य हुन्थ्यो एस एल सि परिक्षाको तयारीको लागि म लगायत केहि मेरा साथीहरू हामीलाई गणित पढाउनु हुने आदरणीय सर महेन्द्र कुवरको लामास्वारामा रहेकोे सानो कोठामै बस्ने पढ्ने ब्यबस्थापन गरियो र नियमित करिब तिन महिना उहाँ सग टिउसन पढियाे ।
सो बर्षको एस एल सि २०५८ चैत्र ३ गते बाट सुरु भएको जस्तो लाग्छ चैत महिनामा हो परिक्षा केन्द्र पहिलो पटक देशमा संकटकाल लागेकोले जिल्लाको सदरमुकाम कुश्मा बजारमा परिक्षा केन्द्र तोकियो।कुश्मा एक दिनको पैदल यात्रामा पुगिन्थ्यो सायद मेरो दोस्रो तेस्रो पटकको कुश्मा बजारको यात्रा हो जस्तो लाग्छ केही समय अधि एक दुई पटक कुश्मा बजार गएको थिए हामी गाउँमा बस्नेहरुको लागि बजारको माहोल नयाँ लाग्थ्यो उमेर पनि भर्खरै को अल्लारे कलिलो मनस्थिति थियो मन भरी डर र त्रास लिएर महेन्द्र सरको नेतृत्वमा केहि अभिभावक सहित नजिकका मिल्ने साथी सहित कुश्माको यात्रा तय गरियो। हुनत मेरो मावली कुश्मिसेरा भएकोले फलेबास स्थित कमले बजारसम्मको बाटो र अबस्था मलाई अबगत थियो। तर कमले बजार देखि कुश्मा सम्म नयाँ र बिल्कुलै नौलो थियो जब मोदिको पुल तरेर पारी पुगियो मोदी खोलाको तिर तिर जङ्गलको तेर्सो बाटो अल्लि पर पुगे पछि उकालो लाग्ने बेलामा एउटा आर्मी र प्रहरीको अस्थायी सुरक्षा पोस्ट राखी आधुनिक हतियार सहित बसेका आर्मीहरुले चर्को स्वरमा “हलो भाइ त्यो झोला यता लेउ यता आउ” भन्दै रुखो बोली बोलाए बोली सुन्दा र उनको प्रस्तुति देख्दा मनमा जिरिङ बनायो। लुसुक्क आफ्नो झोला दिए खोल आफै भन्यो खोले केही कपड़ा र आफ्नो कापी किताबको झोला लथालिङ्ग पार्दै चेक जाँच गरे पछि जाउ भाइ भन्यो अनि हामी सबैको चेकिङ पछि मोदिबेनीको उकालो चढ्न थालियो त्यस् पछि बाटोमा जादा मनभरी भय त्रास र डरले कुश्मा नपुग्दै घरको याद दिलायो । बेलुकी अबेर कुश्मा बजार पुगियो बस्नको लागी महेन्द्र सरले तत्कालीन बालाकोट गाबिस कार्यबाहक अध्यक्ष रुम बहादुर गुरुङले सन्चालन गर्नु भएको धौलागिरी होटेलमा ब्यबस्था गर्नु भएको रहेछ । एउटा साघुरो कोठामा म लगायत ४ जना साथीहरू बसियो ।
बेलुकी साझ करिब ५ बजे पुगेका थियौ पुगेको केही समयमै प्रहरी आर्मीको गाडीले कर्फ्यु जारी भएकोले साझ बाहिर निस्कन निषेधित गरिएको चर्को चर्को माइकिङ गरेको सुनिन्थ्यो होटेलका दाजुले अब बाहिर ननिस्कनु भन्दै झमक्क साझामा नै सटर बन्द गर्नु भयो केहिबेरमै कुश्मा बजार शान्त भयो खाना खाएर सुतेको राती आर्मी र प्रहरीको संयुक्त गस्ती गरेको बाहिर बुटको आवाज सुनिन थाल्यो मनमा डर भरियो । दिन भरिको थकाइ अनि मन भित्रको भय डर के पढ्नु र छिटो नै सुतियो ।भोलिपल्ट परिक्षा केन्द्र हेर्न र प्रवेश पत्र लिनु पर्ने थियो हाम्रो स्कुलको परिक्षा केन्द्र उधोग बाणिज्य संघको सभाहलमा तयार गरिएको रहेछ महेन्द्र सरले प्रवेश पत्र लिनु भयो भोलि बाट यति हो परिक्षा दिने भन्नू भो बाहिर बाट हेरियो र पुनः कोठामै फर्कियो भोलिपल्ट परिक्षाको पहिलो दिन परिक्षा सुरु हुने समयमा परिक्षा हलमा प्रवेश गर्न लाइनमा बसियो आर्मी र प्रहरीको चेक जाच सकिए पछी परिक्षा हल भित्र प्रवेश गरियो। करिब ५ सय भन्दा धेरै विद्यार्थी एउटा हलमा राखिएको थियो। परिक्षा सुरु भो बेला बेला आर्मी प्रहरीका हाकिमहरु चर्को चर्को बोल्दै हामी तिर नजर लगाउदै जाँदै गर्थे विचार सिपाहीहरु नडराइ लेख्नु भाइ बैनीहरु हो भन्दै सान्त्वना दिनु हुन्थ्यो परिक्षाका गार्डहरु को त के कुरा गर्नु उहाँहरुको अनुहार पनि मलिन देखिन्थ्यो रजगज शाही सेना र प्रहरीका हाकिमहरु कै थियो । परिक्षा नियमित चलिरहेको थियो परिक्षाको तेस्रो दिन गणित विषय थियो परिक्षा चलिरहेको सुरक्षा निकायका हाकिमहरु र अन्य सगै परिक्षा हलमा प्रवेश गरि के के छ मसला जति यहाँ दिनु भन्दै एउटा सिपाहीलाई बोरा समाउन लगाइ चर्को चर्को स्वरमा कराउन थाले साथी डरले होला कतिले लेखेको कपि समेत बोरा हालेको पछि सुनियो ।मेरो पनि एउटा कपि बोरामा परेछ हामी कति डरपोक के हुन्थ्यो र अहिले लाग्छ ।करिब दुई घन्टा पछि साथीहरू बेहोस हुने ढल्ने र केही चिच्याउने गर्न थाल्नु भो उहाँहरुलाई उपचार गर्न लगियो सायद मनोबैज्ञानिक रुपमा असर पर्यो मैले सुने केही महिला विद्यार्थी पछी सम्म मानसिक समस्यामा पर्नु भो भन्ने कुरा अत्यधिक विद्यार्थी एउटा हलमा हुँदा र चैतको गर्मीको कारण होला परिक्षाको सातौ दिन सम्म यो समस्या देखिन थल्यो त्यो दिन अल्लि बढी भयो ।
साथीहरू बाट बाहिर सुनिन्थ्यो कुश्मा बजार आक्रमण गर्ने तयारी माओवादीहरुले गर्दै छन रे भन्ने हल्ला बेला बेला चली रहन्थ्यो त मोबाइल न फोन पुरै बेखबर थियौ। कतिबेला घरमा पुग्ने साच्चिकै हमला भयो भने त बाचिदैन कि क्या हो भन्ने लाग्थ्यो ।त्यो कमजोर दिमागमा यी कुराहरु खेली रहन्थ्यो हाम्रो हल्लै हल्लाको समाजमा कुरा दिन दिनै हल्ला चलिरहन्थ्यो बडो मनमा डर त्रास भय बीच जाच दिइयो महेन्द्र सरले परिक्षा राम्रो गर्नु नाअतिनु सके पछी फिल्म हेर्न लग्छु भनेर सम्झाइ रहनु हुन्थ्यो कति साथीहरू त छलेर सिनेमा हेर्न बागलुङ पुग्ने साइकल सिक्ने काम पनि गर्नु भयो । परिक्षाको अन्तिम दिन आयो परिक्षा सकिन घण्टी बज्ने बित्तिकै केही तत्कालीन अखिल क्रान्तिकारी साथीहरु पक्राउ लिस्टमा हुनुहुदी रहेछ सोधपुछको लागि भन्दै परिक्षा हलबाट नै गिरफ्तारीमा पर्नु भयो प्रयोगात्मक परिक्षा दिन कडा सुरक्षा सहित प्रहरी भ्यानमा हाली ल्याउनु भयो।हाम्रो बिधालयका केहि मित्र हरु समेत चरम शारीरिक र मानसिक रूपमा धेरै समय हिरासतमा रहनु भो । जब परिक्षा सकियो ठुलो युद्धमा बाचेको जस्तै अनुभुती लिएर गाउँ फर्कियो केहि साथीहरू गिरफ्तारमा परेको र सगै फर्कन नपरेको मा सारै पिडा थियोे धेरै रोहियो पनि तर के गर्नु हाम्रो बधमा थिएन तत्कालीन गाबिस अध्यक्ष हुम बहादुर हमाल र अन्य सामाजिक ब्याक्ती हरु र परिबार लाई खबर गरि हामी घर फर्कियौ साथीहरू केहि दिन पछि रिहाई हुनु भयो गाउँ बस्न सकिने अबस्था रहेन बाकी जिन्दगीको यात्रा तय गरियो पछि कुनै समय लेख्ने छु । सायद संकटकालको पहिलो बर्ष सदरमुकाममा केन्द्र तोकिएको भएर होला सुरक्षा निकायको अत्यन्तै रजगज र नियन्त्रणमा परिक्षा चलेको थियोे। त्यस् पश्चातको बर्षमा तेस्तो रहेन अल्लि परिस्कृत र शान्त रहेको अनुभव गरे मैले किनकि पछी बहिनी लाई लिएर पनि गए र म केहि बर्ष पछी पत्रकारीतामा रहेकोेले रिपोर्टिङको बेला नजिक बाट मैले अनुभव गरेको छु । यसरी २०५८ सालको slc परिक्षामा भाग लिएर सफलता प्राप्त भयो विद्यार्थी भाइ बैनीहरु अहिले धेरै नै राजनीति ब्यबस्था र अबस्थामा परिबर्तन आएको छ आफ्नै गाउँ घरमा परिक्षा केन्द्र छ अहिले शान्तिपुर्ण अबस्थामा मुलुक आएको छ यो निकै खुशीको कुरा हो तसर्थ तपाईंहरु निर्घक्क भएर परिक्षामा भाग लिनु होला परिक्षा एउटा नियमित प्रक्रिया मात्रै हो हामीले त फलामे ढोका हो भनेर बुझाइयो यो परिक्षा भनेको आगामी यात्राको एउटा महत्त्वपूर्ण मोड हो आफ्नो क्षमता लगनशील प्रस्तुत गरि सफलता लिनु होला मैले आफ्नो स्मृति थोरै लेखेको मात्रै हु अन्यथा भएमा क्षमा प्रार्थी छु ।
सम्पुर्ण see मा भाग लिनु हुने विद्यार्थीहरुको पुर्ण सफलताको शुभकामना सहित उहाँहरुको समर्पणमा
ठकुरी नेकपा एमाले पर्वतका युवा नेता हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!