पर्वत १२ वैशाख – लोकतन्त्र दिवसको अवसरमा जिल्लामा औपचारिक कार्यक्रम गर्न छाडिएको छ ।
हिजो वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएपनि जिल्लामा कुनै कार्यक्रम नभएपछि जनआन्दोलनमा साहदत प्राप्त शहिदहरुको सम्झना हुन सकेन् । जनआन्दोलन भाग-२ पश्चात मुलुकमा धेरै परिवर्तनहरु आइसकेका छन् । तर आखिर कसैले सम्झेनन् शहिदलाई भन्दै परिवार चिन्तित देखिए । आन्दोलनको सफलता पश्चात मुलुकमा थुप्रै परिवर्तनहरु आएपनि आन्दोलनमा आफ्नो प्राण बलिदान गर्ने शहिदहरुको सम्मान हुन नसकेको शहिद परिवारले गुनासो गरेका छन् ।
जनआन्दोलन भाग २ मा धौलागिरीबाट ज्यान गुमाएका एकमात्र शहिद गोविन्दनाथ शर्माको परिवारले राज्य तथा सरोकारवाला निकायहरुले शहिदहरुको सम्झना गर्न सरोकारवालाहरुले कञ्जुस्याँई गरेको बताएका छन् ।
लोकतन्त्र दिवसमा कसैले स्मरण नगरेपनि उहाँले सहादत प्राप्त गरेको दिनको स्मरणमा पर्वत उद्योग बाणिज्य संघले भने शहिद शर्मालाई स्मरण गरेको छ । संघका पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्य समेत रहनुभएका गोविन्दनाथ शर्माको स्मृति दिवसको अवसरमा शहिद शर्माको शालिकमा माल्यार्पण कार्यक्रम गरेको हो । सो अवसरमा सहभागिहरुले शहिदले देखाएको बाटो अनुसार मुलुकका दलहरु चल्न नसकेको बताएका छन् । मुलुकमा नयाँ संविधान जारी भएपनि सफल कार्यान्वयनतर्फ दलहरु अग्रसर हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरवि पौडेल, शहिद शर्माका भाई दयाराम शर्माले गोविन्दनाथ शर्माको योगदानको चर्चा गर्नुभएको थियो ।
स्मृति दिवसकै अवसरमा सदरमुकाम कुश्माको लोकतान्त्रिक चोकमा रहेको शहिद गोविन्दनाथ शर्माको शालिकमा पनि माल्यार्पण गरिएको छ । संघका अध्यक्ष पौडेलले लगायतले माल्र्यापण गर्नुभएको हो ।
शहिद शर्मालाई जनआन्दोलनका क्रममा वि.सं. २०६३ वैशाख ८ गते गोलि लागेको थियो भने उहाँको वैशाख १२ गते निधन भएको थियो । उहाँको मृत्युपछि सदरमुकाम कुस्माबजारमा आएका आन्दोलनकारीहरुले राजा महेन्द्रको शालिक ढालेका थिए भने सोहि स्थानमा अहिले सहिद गोविन्दनाथ शर्माको शालिक निर्माण गरिएको छ ।






