पर्वत – दक्षिण पर्वतको पैयुँ गाउँपालिकामा खानेपानी,सरसफाई र स्वच्छता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका भित्र खानेपानीको र सरसफाईको दिगो योजना निर्माण गरि सो को आधारमा आवश्यक कार्यक्रम संचालन गर्न वास योजना सम्बन्धी सरोकारवाला हरु संग अन्तरक्रिया एवं अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य, कृयाशिल राजनितीक दलका प्रमुख, विभिन्न खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष/प्रतिनिधि, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, प्र.अ हरु, स्वास्थ्य संस्थाका प्रमुख लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
वास सन्दर्भमा बिभिन ९ प्रकृतिका तथ्यांक संकलन गरि सो को आधारमा खानेपानी उपलब्धता, पहुँचको अवस्था, मुल तथा मुहानको अवस्था, सार्वजनिक शौचालय, बिद्यालयमा खानेपानी, स्वच्छता र सरसफाइको अवस्था, घरधुरीमा सो को पहुँच र अवस्था लगायतका तथ्यांक संकलन गर्न गणकको व्यवस्था गरिएको छ ।
वास योजनाको कार्य अगाडी बढाउन र थप व्यवस्थित गर्न गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरी को संयोजकत्वमा एउटा वास कार्यदल पनि गठन गरीएको छ । कार्यदलमा उपाध्यक्ष लगायत सम्पूणर् वडा अध्यक्ष तथा अन्य सरोकारवालाहरुको प्रतिनिधिमुलक उपस्थिति रहेको प्रमुख प्रशासकिय अधिकृत राजीव रिमालले जानकारी दिनुभयो । रिमालले यो योजनाले पालिकाभित्र खानेपानीको सहज पहुँचका साथै सरसफाई र स्वास्थ्यसम्वन्धि चेतनाको पनि अभिबृद्धि हुने बताउनुभयो ।






