पैंयूँका बालविकास शिक्षकलाई तीन महिने मन्टेश्वरी तालिम संचालन - News site from Nepal

पर्वत- दक्षिण पर्वतको पैयुँ गाउँपालिकाका सम्पुणर् बालविकास शिक्षकहरुलाइ अनिवार्य मन्टेश्वरी तालिम संचालन भएको छ ।
गाउँपालिका अन्तर्गत रहेको सम्पूणर् विद्यालयका बालविकास शिक्षकहरुले ३ महिना अर्थात ७८ दिने तालिम दिन थालिएको हो । दैनिक पाँच घण्टाको दरले उनिहरुलाई नियमित मन्टेश्वरी तालिममा सहभागि गराईने भएको छ ।
तालिमको पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले अनुगमन गर्नुभएको छ । अध्यक्ष ठकुरीले यस्तो तालिमले इसिडी तहबाट नै बालबालिकालाई गुणस्तरीय शिक्षाको वातावरण तयार गर्न लागिएको बताउनुभयो । उहाँले तालिममा सक्रियता पुर्वक सहभागी हुन आग्रह गर्दै तालिम मार्फत सिकेको ज्ञान र सिपको उच्चतम प्रयोग गरेर अगाडि बढ्न सहभागिहरुलाई आग्रह गर्नुभयो ।
पैयुँ गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर अन्य महत्वपूणर् कार्यक्रमहरु पनि संचालन भइरहेको अध्यक्ष ठकुरीले सो अवसरमा जानकारी गराउनुभएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत राजीब रिमालले बालबालिकाले प्रारम्भिक चरणवाटै गुणस्तरीय शिक्षा पाउन सकेमा भविष्यमा पनि उनिहरु दक्ष नागरिक बन्ने बताउनुभयो । निजि विद्यालयतर्फको आकर्षणलाई घटाउन पनि सामुदायिक विद्यालयले ईसिडी तहलाई सुधार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै तालिमलाई प्रभावकारी ढंगवाट संचालन गर्न आग्रह गर्नुभयो ।
उहाँले .शिक्षाको गुणस्तर सुधार गर्न पालिकाले विभिन्न रचनात्मक काम गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!