काँग्रेसको सय दिने अभियान : पार्टीमा योगदान गर्नेलाई सम्मान - News site from Nepal

साजन परियार (पर्वत) । नेपाली काँग्रेसले सय दिने विशेष अभियानका क्रममा पार्टीमा योगदान पु¥याएका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । काँग्रेसले ७० बर्ष पार गरेका जेष्ठ नागरिकलाई सम्मान गर्न थालेको हो । प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन र पार्टी जीवनको कठिन अवस्थामा पनि जेलनेल र अनेकौं दुखकष्ट सहेर पार्टी र प्रजातन्त्रको लागि दिएको योगदानको सम्मान गदै उनीहरुलाई सम्मान गर्न थालेको नेपाली काँग्रेस पर्वतले जनाएको छ ।

नेपाली काँग्रेस प्रदेश सभा (क) क्षेत्रीय कार्य समितिले प्रदेशका ४ वटा वडामा उक्त कार्यक्रम सम्पन्न गरिसकेको छ । क्षेत्रीय कार्यसमितिले प्रदेशका ३१ वटै वडामा पुगेर ७० बर्ष पार गरेका जेष्ठ नागरिकलाई सम्मान गर्ने निर्णय गरेको छ । प्रदेशले सय दिने अभियान शुरु हुनु भन्दा अगाडि नै शुरु गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रम प्रभावकारी भएपछि पर्वत काँग्रेसले उक्त अभियानलाई जिल्लाका ६१ वटै वडामा संचालन गर्ने आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

प्रदेश सभा (ख) मा भने सय दिने अभियानमा खटिएका प्रतिनिधिले व्यक्तिगत रुपमा खर्च लगेर जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम शुरु गरेका छन् । प्रदेश सभा (ख) अन्र्तगत फलेवास नगरपालिकाको दुई वटा वडा (भँगरा र कुर्घा) मा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति शिवप्रसाद सुवेदी र नेपाली काँग्रेस पर्वत काठमाडौँ सम्पर्क समितिका अध्यक्ष ओम शर्मा चापागाईले व्यक्तिगत रुपमा खर्च उठाएर कार्यक्रम आयोजना गरेको बताए । उपभासपति सुवेदीका अनुसार भँगराका ३० जना र कुर्घाका ३५ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर कदरपत्र सहित सम्मान गरिएको छ । अशक्त र विरामी भई कार्यक्रम स्थालमा आउन नसक्ने नागरिकको घरमा पुगेर सम्मान गरिएको सुवेदीले बताए ।

नेपाली काँग्रेस प्रदेश (क) का सभापति राजकुमार क्षेत्रीले अग्रजको सम्मान एवम् आदरको वातावरण निर्माण गर्नु काँग्रेसको प्रमुख दायित्व भएको बताउँछन् । त्यसैले पार्टीमा लगानी, लगाव, संघर्ष, त्याग र योगदान पु¥याएका जेष्ठ नागरिकलाई सम्मान गर्ने अभियान संचालनमा ल्याएको उनको भनाई छ । उनले एउटा वडामा कार्यक्रम गर्दा ५० हजारदेखि १ लाखसम्म खर्च हुने बताए । ‘काँग्रेस पार्टीका जेष्ठ नागरिक (अग्रज)हरु भनेका हाम्रा मार्गदर्शक हुन् । उनीहरुकै कारण हामी यो स्थानमा छौँ । काँग्रेसमा अग्रहरुलाई सम्मान र नयाँ पुस्तालाई माया गरेकै कारण हाम्रो पाटी आज मुलुकै ठुलो पार्टी बन्न सफल भएका छौँ, सभापति क्षेत्रीले भने,‘काँग्रेसलाई जीवन्त राख्न र पार्टीलाई सकारात्मक रुपमा अघि बढाउन पु¥याएको योगदानको कदर गदै हामीले यो कार्यक्रम सूरु गरेका हौँ ।’,

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!