शुभराज भोम्जन
दक्षिण कोरिया / विगत लामो समय देखि दक्षिण कोरियालाइ आफ्नो कर्मथलो बनाएर बस्दै आइरहेकी म्युजिक भिडियो अभिनेत्री प्रतिज्ञा लामा अभिनित तामाङ समुदाय अन्तरगत पर्ने “गोच्चा म्याप्जीम ” बोलको म्हेन्दोमाया गीतको म्युजिक भिडियो सुक्रबार सार्बजानिक भएको छ ।
भिडियोलाइ सोही गीतको गायक तथा मोडल आरम्भ तामाङको आधिकारीक युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको हो । केहि समय अघि मात्रै लामा अभिनित गायीका रोस्ना लुङ्बाको स्वरमा रहेको “शिरबन्दी”बोलको एकल सेलो गीतको म्युजिक भिडियो सार्बजानिक भएको थियो ।
सिन्धुपाल्चोक जिल्लाको तात्कालिन धुस्कुन गाबिस वार्ड नम्बर -०५, पात्लेमा जन्मिएकी लामाले म्युजिक भिडियोमा आज भन्दा १८ वर्ष पहिलेनै बिमा कुमारी दुरा र बिष्णु खत्रीको स्वरमा रहेको “मुस्ताङ लेतेमा” बोलको चर्चित लोक दोहोरी गीतबाट डेब्यु गरेकी थिइन् । डेब्यु गरे लगत्तै स्वर्गिय लोक गायक खेमराज गुरुङ, प्रकाश ओझा, लक्ष्मी न्यौपाने जस्ता ख्यातिप्राप्त लोक गायक/ गायिकाहरुको स्वरमा रहेको आधा दर्जन भन्दा बढी गीतको म्युजिक भिडियोहरुमा अभिनय गरेकी थिइन ।
आफ्नो अभिनय यात्रालाइ बिच्चैमा थाती राखेर केहि वर्ष बुटिक व्यवसायमा आफुलाइ व्यस्त बनाएकी लामाले व्यवसायबाट पनि हात निकालेर परदेशीने निधो गरेकी थिइन् ।
सन् 2012 को अन्तिम देखि दक्षिण कोरियामा बस्दै आइरहेकी लामाले विगतको अधुरो यात्रालाइ निरन्तरता दिनको लागि पुनः अभिनय यात्रा सुरु गरेको बताउछिन् । लोक दोहोरी गीतको म्युजिक भिडियोबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी लामाले १८ वर्ष पछि सेलो र म्हेन्दोमाया गीतको म्युजिक भिडियो मार्फत पुनः अभिनय यात्रामा कमब्याग गरेकी छिन । समयले भ्याएसम्म दशकौ पछि पुनः दोहोराएको यात्रालाइ निरन्तरता दिने सोचमा रहेको उनि बताउछिन् ।
डेढ महिना अघि छोटो समयको लागि नेपाल गएको समयलाइ सदुपयोग गर्दै ३ वटा गीतको म्युजिक भिडियोमा अभिनय गरेर कोरिया फर्केको लामाले बताएकी छिन् ।
लामाले अभिनय गरेको केही म्युजिक भिडियोहरु सार्बजानिक हुन बाकि रहेको छ । दक्षिण कोरियाको जेजु दो प्रान्तमा स्थायी बसबास गर्दै आएकी लामा उक्त क्षेत्रमा कृयाशिल नेपाल तामाङ घेदुङ जेजु शाखाको उपाध्यक्ष र गैर आवासीय नेपाली संघ जेजुदो शाखाको सदस्य पदमा रहेर सामाजिक काममा सकृयताका साथ कृयाशिल हुदै आइरहेकी छिन् ।
भर्खरै सार्बजानिक भएको गोच्चा म्याप्जीम बोलको गीतको भिडियोमा लामा र गायक तथा मोडल आरम्भ तामाङको मुख्य भुमिका रहेका छन भने भिडियोलाइ एमबी गुरुङले निर्देशन गरेका छन ।
गीतमा शब्द संगीत / शैलप वाइबाको रहेका छन भने आरम्भ तामाङ र बिना घलेले स्वर भरेका छन्। भिडियोलाइ देभ दोर्जे लामाले छायङ्कन गरेका हुन् ।