पर्वत- श्रीमान श्रीमती सँगसँगै रहेर पनि वैवाहिक जीवन सफल बन्न नसकिरहेको परिस्थितिलाई मध्यनजर गरी रचना गरिएको गीत हो ‘छानो एउटै छ’ ।
भीम बहादुर पौडेलको शब्द, सङ्गीत, स्वर र निर्देशन जस्ता मुख्य भूमिका रहेको उक्त गीतलाई पूर्ण बनाउन स्वर मार्फत पुष्पा क्षेत्रीले महत्वपूर्ण साथ दिएकी छिन् ।
यो गीत सुरताल डिजिटलबाट रेकर्ड गरिएको हो । गीतमा नायब सुब्बा सुमन गौडेल सहित सपना, विपना, रुद्र लगायतको अभिनय रहेको छ ।
गीतमा भनिएको छ, ‘बस्ने छानो एउटै छ, खाने मानो एउटै छ, बुझ्नै सकिन मायाको मनमा के रहिछ….।’
भावना र सुखदुख साटासाट भएन भने दुई पात्रहरु सँगै भएर मात्रै आपसमा सम्बन्ध सुमधुर हुन नसक्ने कुरालाई गीतले विशेष महत्व दिएको छ । सँगै बसेर पनि आपसमा भरपर्दो वातावरण बन्न नसक्दा जीवनकालको बाँकी समय सुखद बन्न नसक्ने कुरालाई गीतमा शब्द मार्फत प्रकट गरिएको छ ।
ज्यान एक ठाऊँमा र मन अर्कै ठाउँमा हुने स्थिति सृजना हुनु वैवाहिक जीवनको लागि अत्यन्तै कठिन र घातक हुने कुरालाई यस गीतले उजागर गर्न खोजेको छ ।
समग्रमा यस गीतलाई सुखद जीवनयापनको उद्धेश्यले आपसमा जोडिएपनि अपेक्षा अनुसार जीवन सफल हुन नसकिरहेका सम्पूर्ण नेपालीको कथा बोकेको गीत भन्न सकिन्छ ।
दाम्पत्य जीवन राम्रै चलिरहेको बेलामा श्रीमती कोही पुरुषसँगको प्रेममा लालयित हुन्छिन्। दोस्रो व्यक्तिसँगको त्यो प्रेम भने भावनाबाट नभई केही प्रलोभन जस्तो देखिन्थ्यो। श्रीमती कोही अरुसँग प्रेममा रहेको थाहा पाएपछि श्रीमान श्रीमतीको सम्बन्धमा दरार आउँछ। श्रीमतीका बन्दोबस्तीका सामग्रीहरु सहित श्रीमानले घर निकाला गरिदिन्छन्।
यो कथा भीम बहादुर पौडेल र पुष्पा क्षेत्रीको सांगितिक कोशेली ‘छानो एउटै छ’ को हो। पौडेल र क्षेत्रीले समसामयिक सन्दर्भमा समाजमा देखिने गरेका धेरै उदाहरणलाई एकीकृत गर्दै गीत प्रस्तुत गरेका हुन्। सुमन गौडेल र सपना लामगाँदेको प्रमुख भूमिका रहेको गीतमा रुद्रमोहन रिमाल र बिपना लामगाँदेको पनि अभिनय रहेको छ।
गीतमा भीम र पुष्पाले स्वर भरेका छन्। भीमकै शब्द रचना र संगीत रहेको गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका छन्। भीम बहादुर पौडेलले नै म्यूजिक भिडिओको निर्देशन गरेको दृश्य विशाल परियारले खिचेका हुन भने सम्पादन बिनोद बलमे गरेका छन्।






