कुश्माबजारको सरसफाईमा नगरपालिकाको चासो, आजदेखि अभियानको थालनी - News site from Nepal

पर्वत- पर्वत सदरमुकाम कुश्माबजारको सरसफाईका लागि नगरपालिकाले सक्रियता देखाएको छ ।
कुश्माबजारलाई सफा, स्वच्छ र सुन्दर शहर बनाउने उद्धेश्यले बिहीवारदेखि सरसफाई अभियानको थालनी गरिएको छ । कुश्मा नगरपालिकाद्धारा आयोजित नेपालीहरुको महान पर्व विजया दशामी तथा शुभ दिपावली २०७९ को अवसरमा कुश्मा नगरपालिकाको आयोजनामा शुभकामना आदानप्रदान तथा बृहद सरसफाई कार्यक्रम गरेर अभियान शुरु गरिएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारीदिनुभयो । कुश्माबजारको लोकतान्त्रिक चोकमा आयोजित शुभकामना आदानप्रदान पछि नगरको आह्वानमा कुश्मा बजारको बृहत सरसफाइ समेत थालनी गरिएको थियो । शाहसीक पर्यटकीय स्थलहरुको बृद्धिसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेका बेला नगरको बजारको शुन्दरतालाई बढाउने र कुश्माबजार आउने पर्यटकहरुका लागि घुन्नका लागि सहज बनाउने उद्धेश्यले सरसफाई थालिएको हो ।


स्वच्छ नगर बनाउने आफ्नो उद्घोष अनुसार बजारको सरसफाई थालिएको र यसलाई निरन्तरता दिने नगरप्रमुख जोशीले बताउनुभयो । आजको कार्यक्रमलाई एउटा सुरुवात र अभियानको रुपमा लिइ आगामी दिनमा दीर्घकालीन फोहोरमैला व्यवस्थापन र पुणर् सरसफाइयुक्त नगरपालिका निर्माण गरिने नगर प्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख जोशी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, उपप्रमुख स्वस्थानी रिजाल, प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङ लगायतले बोल्नुभएको थियो । सरसफाईमा जनप्रतिनिधिहरु, कर्मचारी, सुरक्षा निकाय, खेलाडी, उद्योगी, व्यावसायी, खेलाडी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!