शिक्षक संगठन पर्वतद्दारा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न - News site from Nepal

पर्वत-  विश्व शिक्षक दिवस एवं शुभ विजयादशमी, दिपावली तथा छठ पर्व -२०७९ को अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठनले शुभकामना आदान प्रदान,शिक्षक सम्मान एवं प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरेको छ।

संगठनका अध्यक्ष दुर्गा प्रसाद पौडेल को अध्यक्षता एवं ने क पा एमाले पर्वतका जिल्ला ईन्चार्ज एवं केन्द्रिय सदस्य कल्पना शर्मा चापागाईँ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगठनका अग्रज गणेश शर्मा पौडेल,केन्द्रिय सदस्य शारदा कुमारी शर्मा,प्रदेश अध्यक्ष हरिबहादुर लामिछाने, केन्द्रिय पार्शद चिरञ्जिवी अधिकारी लगायत जिल्लाका शिक्षकहरुको बाक्लो उपस्थिती रहेको थियो भने शिक्षक शारदा शर्मा, कमला न्यौपाने, सुमित्रा शर्मा, लक्ष्मी परियार लगायतले शिक्षण पेशा सँग सम्बन्धित विभिन्न सन्देशमुलक गितहरुले कार्यक्रम थप रोचक बनेको थियो।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति पर्वत का सचिव टंक लाल भुषाल द्दारा संचालित कार्यक्रमको स्वागत जिल्ला उपाध्यक्ष कमला न्यौपाने ले गर्नुभएको थियो। कार्यक्रममा नि मा वि प्रथम श्रेणीमा बढुवा हुनुभएका शिक्षक संगठनमा आबद्द द्धय महेश्वर शर्मा पौडेल र हरि प्रसाद शर्मालाई पनि सम्मान गरिएको छ।
ने क पा एमाले केन्द्रिय सदस्य एवं पर्वत सह ईन्चार्ज पदम गिरी एवं प्रदेश र जिल्ला तहका नेता,विभिन्न संघ संगठनमा आबद्द व्यक्तित्वहरु, पालिका एवं वडा स्तरिय जनप्रतिनिधि तथा शिक्षकहरुको बीच शुभकामना आदान प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको संगठन जिल्ला कोषाध्यक्ष देवेन्द्र पौडेलले बताउनु भयो। संगठनले विगत देखि नै सामाजिक, शैक्षिक एवं रचनात्मक कार्य गर्दै आईररहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!