‘सबै पालिकामा एकएक वटा संयुक्त प्रचार सभा गरौ’ ः राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना - News site from Nepal

पर्वत- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका क्रममा पर्वतका सबै पालिकामा कम्तीमा एउटा संयुक्त प्रचारसभ ागर्न आग्रह गर्नुभएको छ ।
राजनैतिक दलका उमेदवारले सामुहिक रुपमा आफ्ना एजेण्डा राखेर मत माग्ने वातावरण बनाउन पर्वतका सात वटा स्थानिय तहमा एक एक वटा संयुक्त आमसभा आयोनजा गर्न आग्रह गर्नुभएको हो ।
पर्वतको फलेबास नगरपालिका वडा नं ११ श्रीकाङमा निर्माण भएको चिसापानी कालिका भगवती मन्दिरको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले संयुक्त सभा गरेर नमुना प्रचार गर्ने बारेमा स्थानिय राजनैतिक दलका प्रमुखहरु पनि सहमत रहेको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले दशै, तिहार र छठको अवसरमा केही दिन अघि गृहजिल्ला पर्वतमा शुभकामना आदनप्रदान कार्यक्रम मार्फत पर्वतको बिकास र सम्बृद्धिका लागि साझा एजेण्डा तय गर्ने प्रयास गर्नुभएको थियो । उहाँले सोही कार्यक्रममा उमेदवारहरुले एउटा पालिकामा एउटा सभा आयोजना गर्ने र त्यसको आयोजना नै स्थानिय सरकारले गर्ने बारेमा सहमति नजिक पुगेको बताउनुभयो ।
‘हरेक स्थानिय तहले नै संयुक्त आमसभा आयोजना गरौ र त्यहाँ प्रमुख दलका सबै उमेदवारले एकै मञ्चबाट मत मागौ, यसले निर्वाचन प्रचारलाई मर्यादित बनाउँछ।’ उहाँले भन्नुभयो‘आमसभा संयुक्त रुपमा गरौ, टोलटोलमा पुगेर मत माग्न आफ्नो आफ्नो तरिकाले जाऔ।’ एउटै मञ्चबाट भाषण गर्दा मतदाताले जसको एजेण्डालाई मन पराउँछन उसैलाई मत दिने वातावरण बन्ने उहाँको भनाई थियो ।
अध्यक्ष तिमिल्सिनाले आगामी निर्वाचनमा उमेदवारको पैसा खाएर मत नदिन पनि आग्रह गर्नुभयो । कसैले मतदान केन्द्र कब्जा गरेर मत लाने प्रयास नगर्न पनि आग्रह गर्दै मौन अवधीमा पाईप, रक्सी, पैसा बोकेर मत किन्ने वातावरण नबनाउन सबैलाई आब्हान पनि गर्नुभयो ।
फरक प्रसंगमा बोल्दै अध्यक्ष तिमिल्सिनाले कालीगण्डकी करिडोर निर्माणको काम सकिएपछि पर्वतको उत्तर देखि दक्षिण क्षेत्रका आर्थिक, सामाजिक क्षेत्रमा ठुलो परिर्वतन आउने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले सडकको पहुँच पुगे संगै स्थानियस्तरमा कृषि उत्पादन बढाएर निर्यात प्रर्बद्धन गर्ने काममा लाग्न आग्रह पनि गर्नुभयो ।
चण्डी श्रीकाङ युबा क्लबका अध्यक्ष दिनेश कुवँरको अध्यक्षतामा भएको मन्दिर उद्घाटन कार्यक्रममा फलेबास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, नगरपालिकाका संस्थापक प्रमुख पदमपाणी शर्मा, उपप्रमुख शोभा क्षेत्री, नेकपा(एमाले) गण्डकी प्रदेश कमिटीका सचिबालय सदस्य भक्त कुवँर लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत कृष्ण कुवँर र सञ्चालन दिपेन्द्र कुवँरले गर्नुभएको थियो । पर्वतको ऐतिहासिक धार्मिक स्थल चिसापानीगढीमा रहेको मन्दिर जीणर् भै भत्केको अबस्थामा श्रीकाङमा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, फलेबास नगरपालिका तथा स्थानिय चन्दादाताको सहयोगमा पुननिर्माण भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!