पर्वतमा प्रतिनिधि सभा र प्रदेश सभाका सवै सिटमा एमालेको “क्लिन स्विप” - News site from Nepal

पर्वत-पर्वतको एउटा प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले गठबन्धन दलका उम्मेदवारलाई हराउँदै विजयी बनेका छन् ।
प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका पदम गिरीले २९ हजार ८ सय ७२ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार अर्जुन प्रसाद जोशीले २७ हजार ६ सय ९ मत ल्याउनु भएको छ । उहाँहरू बिचको मतान्तर २ हजार २ सय ६३ रहेको छ ।
गिरीले यस अघि २०७४ को प्रतिनिधि सभाको चुनावमा पनि जोशीलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको थियो । पराजित जोशीले २०५६, २०६४ र २०७० को चुनाव जितेर ह्याट्रिक गर्नुभएको थियो ।
यस निर्वाचन क्षेत्रमा कुल मतदाता सङ्ख्या १ लाख २२ हजार ६ सय ४९ मध्ये जम्मा ६६ हजार २ सय २६ मत खसेको थियो ।
प्रदेश १ मा नेकपा एमालेका भक्त कुँवरले नेकपा माओबादी केन्द्रका उम्मेदवार सुदीप कुँवरलाई पराजित गराउनुभयो । भक्त कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओबादी केन्द्रका उम्मेदवार सुदीप कुँवरले १३ हजार ७ सय ४२ मत प्राप्त गर्नुभयो । उहाँहरुको बिचमा २ हजार ३ सय ३९ मतको अन्तर रहेको छ ।

प्रदेशसभा २ मा नेकपा एमालेका उम्मेदवार मित्रलाल बस्यालले १४ हजार १ सय ३२ मत ल्याई विजयी हुँदा नेपाली काँग्रेसका उम्मेदवार ऋषिकेश तिवारीले १२ हजार २ सय १० मत प्राप्त गर्नुभएको छ । तिवारी र बस्यालका बिचमा १ हजार ९ सय २२ मतको अन्तर भएको छ । यस निर्वाचन क्षेत्रमा ५४ हजार ५ सय ६१ मतदाता रहेकोमा जम्मा २८ हजार ३ सय १६ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!