पर्वतमा बुथ क्याप्चर र फर्जि मत हाल्ने दुस्प्रयास नगर्न निर्वाचन कार्यालयको चेतावनी, ठाउँको ठाउँ कारवाही हुने - News site from Nepal

पर्वत- पर्वतमा आज हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पुणर् तयारी पुरा भएको छ ।
जिल्लाका सवै मतदान स्थल तयारी अवस्थामा राखिएको छ भने अन्य आवश्यक सुरक्षा तयारी समेत सकिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ७४ मतदान स्थलका १ सय ४८ मतदान केद्रमै कर्मचारी र सुरक्षा निकाय तम्तयारी अवस्थामा रहेको र आज विहान ७ बजेवाटै सवै ठाउँमा मतदान कार्यक्रम शुरु हुने उहाँले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि सवै तयारी पुरा भएकाले ढुक्कसँग मतदान स्थलमा सहभागि भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरेको छ । पर्वत जिल्लामा आजै राती अवेर सम्म वा भोली विहान सवै मतदान स्थलवाट मतपेटिका सदरमुकाम ल्याउने तयारी समेत भएको छ । सुरक्षा निकायले आज रातीनै मतपेटिका सुरिक्षत साथ कुश्माबजार ल्याउने तयारी गरेको समेत शर्माले जानकारी दिनुभयो ।
पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरीर तेस्रो घेरामा नेपाली सेना रहनेगरी सुरक्षा व्यवस्थालाई मजवुत बनाईएको छ । त्यसैगरी थप जनशक्ति आवश्यक परेमा १० मिनेटभित्र पुग्नेगरी हाईअलर्टमा सुरक्षा निकायलाई राखिएको छ ।
अर्को प्रसंगमा जिल्ला निर्वाचन अधिकारी शर्माले बुथ क्याप्चर गर्ने, फर्जि मतलाई नियन्त्रण गर्नेगरी आवश्यक तयारी गरिएको छ । कसैलेपनि बुथ क्याप्चर गर्ने र शक्तिको दुरुपयोग गर्ने, फर्जि मत हाल्न खोज्नेजस्ता गैरकानूनी काम नगर्न उहाँले चेतावनी समेत दिनुभएको छ । त्यस्ता गतिविधि गर्नेलाई ठाउँको ठाउँ कारवाही गरिने समेत उहाँको भनाई छ । त्यस्ता सम्भावित ठाउँहरुमा पुर्व सुरक्षा तयारी समेत गरिएको र त्यस्तो हर्कत नगर्न समेत उहाँले चेतावनी दिनुभएको छ । पर्वतमा १ लाख २२ हजार ६ सय ४९ जना मतदाता रहेका छन् ।
पर्वतको धाईरिङ, नाङलीवाङ र वनौ, कुश्मा ४ र ५, शंकरपोखरीका विभिन्न केन्द्र, मुडिकुवा, ठुलीपोखरी, पैंयुको भोर्ले, विहादीको शालिग्राम लगायतका स्थलमा फर्जि मतदान बढि हुने सम्भावना रहेको छ । संवेदनसिल मतदान स्थलहरुमा विशेष सुरक्षा व्यवस्था गरिएको समेत कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!