पर्वतमा चुनावको तयारी पुरा, स्थिर समयमा प्रचार प्रसार नगर्न आग्रह - News site from Nepal

पर्वत- जिल्ला निर्वाचन कार्यालय पर्वतलले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय गए राति १२ बजेदेखि सुरु भएको बताएको छ । यो समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने जिल्ला निर्वाचन कार्यालय पर्वतले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।
यसअघिका निर्वाचनमा मतदानअघिको ४८ घण्टाको समयावधिलाई ‘मौन अवधि’ भन्ने गरिएकोमा अहिले स्थिर अवधि भनिएको छ । जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार अनुसार गएरातीदेखि राजनीतिक दलहरूको सम्पूणर् प्रचारप्रसारमा निषेध गरिएको छ ।
यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा-सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नपाइने, अवधिमा राजनीतिक दलका उम्मेदवार वा दलका अन्य प्रतिनिधिलाई मात्र नभई सामाजिक सञ्जाल, अनलाइन, छापा लगायतका माध्यमबाट पनि प्रचारप्रसारका लागि रोक लगाइएको छ। त्यस्तै, प्रत्येक मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने छ । स्थिर अवधिअगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्विटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ । बुधवार १२ बजेबाट मुलुकका सबै नाका बन्द भएका छन् ।
बन्द भएका नाकाहरु मतदान सकिएसँगै खुल्नेछन् । त्यस्तै, स्थिर अवधि सुरु भएसँगै मदिरा बिक्री तथा वितरणमा पनि रोक लगाइने भएको छ । उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने पनि आयोगले जनाएको छ ।

यसैबीच पर्वतमा निर्वाचनको सवैजसो तयारी पुरा भएको छ । आईतवार हुने मतदानको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान गराउनका लागि सवै मतदान स्थलमा बिहीवार साँझसम्म कर्मचारी पगिसकेका छन् । मतदान केन्द्रमा पुगेर आवश्यक तयारीमा जुटिसकेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुरक्षा कर्मी सहित कर्मचारीको टोली जिल्लाका ७४ मतदान स्थलका १ सय ४८ मतदान केन्द्रमा खटिईसकेका छन् । यो निर्वाचनमा सुरक्षा कर्मी बाहेक १७ सय ७६ जना कर्मचारी परिचालन हुने छन् । कर्मचारीहरुले आजदेखि मतदान स्थलमा घेरावार निर्माण गर्नेछन् भने मतदाता शिक्षा र परिचय पत्र वितरण लगायतका काम पनि गर्ने शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!