पर्वत- पर्वत जिल्लामा प्रदेशसभामा सबै नयाँ उमेदवारले प्रतिष्पर्धा गर्ने भएका छन ।
एउटा मात्रै प्रतिनिधीसभा निर्वाचन क्षेत्र रहेको पर्वतको प्रदेशसभा १(१) र १(२) गरि दुई वटै प्रदेशसभाका लागि सबै नयाँ उमेदवारले प्रतिष्पर्धा गर्न लागेका हुन ।
पाँचदलीय गठबन्धन र नेकपा(एमाले)का उमेदवार मात्रै होइन उत्रिएका सबै उमेदवार नयाँ छन । २०७४ मा नेकपा(एमाले) र नेकपा माओबादी केन्द्रको तर्फबाट गठबन्धनका उमेदवारहरु बिजयी भएको दुबै प्रदेशसभा क्षेत्रमा यस पटक पाँच दलीय गठबन्धन र एमालेका उमेदवारका बिचमा कडा टक्कर देखिएको छ । गठबन्धन र एमालेको टक्करका बिचमा बागी उमेदवार, नेपाली कांग्रेस बिपी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवारले हाँसिल गर्ने मतका आधारमा निणर्य हुने अबस्था देखिएको छ । पर्वत प्रदेश १(१)मा ९ जना उमेदवारका बिचमा चुनाबी प्रतिष्पर्धा हुँदैछ भने प्रदेशसभा १(२)मा भने ७ जना उमेदवारका बिचमा प्रतिष्पर्धा हुँदैछ ।
प्रदेशसभा १(१)मा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा केन्द्रका सुदीप कुँवर र नेकपा(एमाले)का भक्त कुवँरका बिच प्रतिष्पर्धा हुँदैछ । दुबै कुवँर उमेदवार यस अघि कुनै पनि संसदीय र स्थानिय निर्वाचनमा समेत उमेदवार भएका थिएनन । नेकपा(एमाले)का उमेदवार रहेका गण्डकी प्रदेश कमिटीका सचिबालय सदस्य भक्त कुवँर पर्वतमा त्यागी र सादगी नेताका रुपमा परिचित हुनुहुन्छ । २०४६ पछि पार्टीको पुणर्कालिन राजनितीमा लागेर जिल्लाको सचिब, उपाध्यक्ष हुँदा पनि कुनै लाभको पदमा पुग्नुभएको थिएन । पार्टी र संसदीय राजनितीमा अवसर नपाएको नेता भएकाले कुवँर प्रति सहानुभूतिको मत बढी देखिएको छ । उहाँले गएका दुई स्थानिय तह निर्वाचनमा पर्वतको मोदी गाउँपालिकाको अध्यक्षको दावा गरेपनि उमेदवारबाट बञ्चित हुनुभएको थियो भने एमाले पर्वतको जिल्ला उपाध्यक्ष भएपनि गएको नवौ जिल्ला अधिबेशनमा राजुप्रसाद पौडेल अध्यक्ष बन्नु भएको थियो ।
माओबादी केन्द्रका केन्द्रिय सदस्य रहनुभएका सुदिप कुवँर पनि अहिले सम्म संसदीय राजनितीमा परिक्षण हुनुभएको छैन । युवा नेता कुवँर तत्कालिन शसस्त्र बिद्रोहका क्रममा पर्वतमा बिद्यार्थी र पार्टीका बिभिन्न जिम्बेवारीमा हुनुहुन्थ्यो । नेकपा(एमाले) र माओबादी केन्द्रका बिचमा एकता भएपछि पर्वत जिल्लाको सचिब रहनुभएको थियो । माओबादी केन्द्रमा नारायणकाजी श्रेष्ठ निकट मानिने कुवँरले यसपटक एमालेका भक्त कुवँर संग नै प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । युवाका बिचमा लोकप्रिय र गठबन्धनको उमेदवार भएकाले कुवँरको उमेदवारी ले पनि बलियो प्रतिष्पर्धाको अबस्था बनाएको छ । प्रदेशसभा १(१) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अर्का युवा प्रेमकमार गुरुङ(अशोक) उमेदवार हुनुहुन्छ । पर्वत जेसिजको नेतृत्व गरिसक्नु भएका गुरुङ आफ्नो जातिय समुदायको मत आकर्षित गर्ने अभियानमा हुनुहुन्छ । लामो समय देखि नेपाली कांग्रेस निकट कर्मचारी युनियनमा रहेर अवकास प्राप्त गर्नुभएका कमलराज पौडेल यस पटक नेपाली कांग्रेस बिपीको तर्फबाट प्रदेशसभामा उमेदवार हुनुभएको छ । कांग्रेसको प्रभाव रहेको खुर्कोटका बासिन्दा पौडेलको उमेदवारीले पनि प्रदेशसभाको निर्वाचनको परिणामलाई प्रभाबित बनाउने आँकलन गरिएको छ । उहाँको उमेदवारीले गठबन्धनलाई बढी प्रभाब पार्ने चर्चा शुरु भएको छ । माओबादी केन्द्रको केन्द्रिय बिभागमा सदस्य रही सक्नु भएका रमेश पौडेल पनि हाम्रो नेपाली पार्टीबाट उमेदवार बन्नुभएको छ ।
२०७४ सालको स्थानिय निर्वाचनमा यो प्रदेशसभामा नेकपा(एमाले) र नेकपा(माओबादी) केन्द्रको गठबन्धनका तर्फबाट नेत्रनाथ अधिकारी र नेपाली कांग्रेसका उमेदवार नवराज गुरुङका बिचमा प्रतिष्पर्धा भएको थियो ।
पर्वत जिल्लाको प्रदेशसभा १ (२) मा कांग्रेस र एमालेका पुराना र पाका उम्मेदवारहरुका बिचमा मुख्य चुनाबी प्रतिष्पर्धा हुने देखिएको छ । गठबन्धनको तर्फबाट ऋषिकेश तिवारी र नेकपा(एमाले)को तर्फबाट मित्रलाल बस्याल प्रतिस्पर्धामा हुनुहुन्छ । तिवारी कांग्रेस केन्द्रीय कार्यालयको पूर्वमुख्यसचिव हुनुहुन्थ्यो भने बस्याल एमाले पर्वतको लामो समय क्षेत्रिय कमिटीको अध्यक्ष भएर काम गर्नुभएको थियो ।
एमालेका तर्फबाट उमेदवार बन्नुभएका मित्रलाल बस्याल पर्वतको पैंयुखोला भनिने पैंयु, महाशिला, बिहादी क्षेत्रमा लोकप्रिय मानिनुहुन्छ । पैयु गाउँपालिकामा २०७४ को स्थानिय निर्वाचनमा गाउँपालिका अध्यक्ष पदमा पराजित हुनुभएका बस्यालले तत्कालिन पैयु क्षेत्रका ८ गाउँ बिकास समिति मिलाएर सामुदायिक बिद्युतीकरण कार्यक्रमको नेतृत्व गरेका कारण त्यस क्षेत्रका मतदातका बिचमा लोकप्रिय हुनुहुन्छ । पार्टीमा लामो योगदान रहेका कारण बस्यालको उमेदवारीले गठबन्धनलाई निक्कै सकस पार्ने देखिन्छ ।
नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा मुख्य सचिब रही सक्नु भएका ऋषिकेश तिवारी तत्कालिन समय छोटो समय संसद पुर्नस्थापनाकालमा प्रतिनिधीसभा सदस्य बनेको बाँहेक संसदीय चुनाबमा प्रतिष्पर्धा गर्नुभएको छैन । २०४९ सालमा तत्कालिन मुडिकुवा गाउँ बिकास समितिको अध्यक्ष निर्वाचित हुनुभएका तिवारी कांग्रेस भित्र बौद्धिक र त्यागी नेताको रुपमा परिचित हुनुहुन्छ । कृषिमा आत्मनिर्भर बनाउनका लागि बिभिन्न अभियान चलाउनुभएका तिवारी सोही योगदानका कारण अन्तराष्ट्रिय पुरस्कारबाट समेत सम्मानित हुनुभएको थियो । लप्सीको ब्यबासियक उत्पादन र बिश्वबजारमा बजारीकरणका लागि तिवारीको योगदान सबैले सम्झन्छन । तिवारी कांग्रेसका कार्यकर्ता र फलेबास नगरपालिका क्षेत्रमा बढी लोकप्रिय हुनुहुन्छ । गठबन्धनको मतका कारण पनि उहाँको उमेदवारीले एमालेका उमेदवारका बिचमा कडा प्रतिष्पर्धा सृजना गरेको छ । उहाँलाई नेपाली कांग्रेसकै पुर्व जिल्ला कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठको उमेदवारीले अप्ठेरो पार्ने देखिएको छ । फलेबास क्षेत्रकै र कांग्रेसको कोषाध्यक्ष भैसकेको ब्यक्ति बागी उमेदवार बनेका कारण यसले चुनौती थपेको आँकलन गरिदै आएको छ ।
२०७४ को प्रदेशसभा निर्वाचनमा नेकपा(एमाले) र माओबादी केन्द्रको गठबन्धनका तर्फबाट सबिधानसभा सदस्य बिकास लम्साल र नेपाली कांग्रेसका राजेन्द्र तिवारीका बिचमा प्रतिष्पर्धा भएको थियो ।
समाप्त असोज ३०






