पर्वत- पर्वतको पैंयु गाउँपालिका वडा नं. ६ साधनेवाट एक युवा हतियार सहित पक्राउ परेका छन् ।
पैंयु गाउँपालिका वडा नं.६ साधने बस्ने २१ वर्षका बम क्षेत्री पक्राउ परेका हुन् । घरमा अबैध रुपमा घरेलु हतियार भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सुचना प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय हुवास पर्बतबाट प्रहरी निरीक्षक खगेन्द्र अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीलाई उनलाई १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
उनलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक दश दिनको म्याद थपेर अनुसन्धान भईरहेको प्रहरी निरिक्षक प्रकाश राउतले जानकारी दिनुभयो ।






