पर्वतबाट प्रतिनिधि सभामा १२, प्रदेशमा १६ जनाको उम्मेदवारी (नामावलीसहित) - News site from Nepal

पर्वत- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पर्वतमा उत्साहपुणर् रुपमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।
साँझ ५ बजे सम्म प्रतिनिधि सभा सदस्यका लागि १२ जनाले उम्मेदवारी दिएका छन् । भने प्रदेश सभा क मा ९ जना र प्रदेश सभा ख मा ७ जनाको उम्मेदवारी परेको छ ।
प्रतिनिधि सभामा ९ जनाले दलवाट र बाँकी ३ जनाले स्वतन्त्रवाट उम्मेदवारी दिएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेवाट पदम गिरी, नेपाली काँग्रेसवाट अर्जुनप्रसाद जोशी, राप्रपावाट दिपक बहादुर मल्ल, नेपाल सुशासन पार्टीवाट भगवती पौडेल, मंगोल नेशनल अर्गनाईजेशन पार्टीवाट चन्द्रबहादुर पुर्जा पुन, राप्रपा नेपालबाट ठाकुरप्रसाद भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीवाट जालबहादुर पुर्जा पुन , राष्ट्रिय जनमुक्ति पार्टीवाट बलबहादुर थापा, नेपाली काँग्रेस विपिवाट देवाखर भट्टराई, तथा स्वतन्त्रवाट सावित्रि शर्मा, सितादेवी शर्मा र अरुण पौडेलको उम्मेदवारी परेको छ ।
यसैगरी प्रदेश सभा ‘क’ तर्फ ८ वटा राजनीतिक दलवाट ८ जनाले र एक जना स्वतन्त्रवाट गरी ९ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता हुनेमा नेकपा एमाले वाट भक्त कुँवर, माओवादी केन्द्रवाट सुदीप कुँवर, राप्रपावाट प्रेमकुमार गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीवाट शौभाग्य थापा पुन, हाम्रो नेपाल पार्टीवाट रमेश पौडेल, नेपाल सुशासन पार्टीवाट थमबहादुर क्षेत्री, मंगोल नेशनल अर्गनाईजेशनवाट शेरबहादुर पुर्जा पुन र नेपाली काँग्रेस विपिवाट कमलराज पौडेलले उम्मेदारी दिनुभएको हो । स्वतन्त्रवाट मायादेवी पौडेलको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी प्रदेश सभा ख तर्फ ७ जनाको उम्मेदवारी परेको छ । पाँच जना राजनीतिक दलवाट र २ जनाले स्वतन्त्रवाट उम्मेदवारी दिएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेवाट मित्रलाल बस्याल, नेपाली काँग्रेसवाट ऋषिकेश तिवारी, हाम्रो नृपाल पार्टीवाट नारायाण खत्री, राष्ट्रिय प्रजातन्त्र नेपाल पार्टीवाट बालाकृष्ण पौडेल र राप्रपावाट रघुनाथ उपाध्यायको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधि सभा र प्रदेशसभा गरी २८ जनाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!