एमाले पर्वतका उम्मेदवार महाशिलामा, स्थानीय मतदाता उत्साहित - News site from Nepal
एमाले पर्वतका उम्मेदवार महाशिलामा, स्थानीय मतदाता उत्साहित

पर्वत- आगाामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पर्वतका राजनीतिक दलहरु सक्रिय रुपमा प्रचार प्रसारमा लागेका छन् ।
नेकपा एमाले पर्वतले सोमवार जिल्लाको महाशिला गाउँपालिका वडा नं. ५ लुंखुदेउराली र वडा नं. ६ फलामखानीमा सम्पन्न भएको छ । दुवै वडाका विभिन्न टोलमा पुगेर घरदैलो तथा कोणसभा गरिएको हो । एमालेवाट प्रतिनिधि सभा सदस्यका उम्ेमदवार पदम गिरी र प्रदेश ख का उम्मेदवार मित्रलाल बस्याल, समानुपातीक उम्ेमदवार केशकुमारी दमिनी सहित नेताहरुको टोलीले घरदैलो र कोणसभालाई जोड दिँदै आफ्ना एजेण्डा राख्ने र मतदाताका गुनासो र मागहरु संकलन गरिरहेको छ ।
सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले महाशिलालाई सदरमुकाम जोड्ने सडक विगत पाँच वर्षमा कालोपत्रे गर्न सफल भएको बताउँदै अब लुंखुदेखि हुवास सम्ममको सडक पनि निकट भविष्यमै कालोपत्रे हुनेमा जोड दिनुभयो । उहाँले गाउँपालिका सम्म पुग्ने सडक र राष्ट्रिय राजमार्गको रुपका विकास गर्न थालिएको सेतीवेणी-महाशिला- कार्किनेटा-पोखरा सडकलाई पुणर्ता दिनका लागि एमालेले जित्नुपर्ने बताउनुभयो । उहाँले विगत पाँच वर्षमा महाशिला क्षेत्रको विकासका लागि करोडौ रकम भित्र्याउन सफल भएको बताउँदै महाशिलामा रहेका धार्मिक तथा पर्यटकीय स्थलको विकास, ग्रामीण सडकको स्तरोन्नती, फलामखानीको पुर्नसंचालन, चिया खेतीको विकास र प्रवद्र्धन लगायतका कामका लागि एमालेकै नेतृत्वमा आगामी सरकार बन्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालले महाशिला गाउँपालिका छुट्टै पहिचान र सम्भावना भएको क्षेत्र भएकाले यसको विकास र समृद्धिका लागि आफुले हरपल प्रयास गर्ने बताउनुभयो । उहाँले आफुले जितेर गईसकेपछि यस क्षेत्रको कृषि, पर्यटन, लघु उद्यम, पशुपालन तथा चिया खेती र फलामखानी उत्खनन्का लागि विशेष पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । बस्यालले आफुलाई बिजयी गराएर यो क्षेत्रका नागरिकको विकास र सेवा गर्ने अवसर दिन अपिल समेत गर्नुभयो । कार्यक्रममा पूर्व मन्त्री विकास लम्साल, प्रदेश कमिटि सदस्य देवेन्द्रराज पाण्डे, जिल्ला अध्यक्ष राजु पौडेल, उपाध्यक्ष पदमपाणी शर्मा, सचिब गोविन्द पहाडी, चुनाव प्रचार विभाग प्रमुख जीवनउच्चै ठकुरी लगायतका नेताहरुको सहभागिता रहेको छ ।

त्यसैगरी प्रदेश सभा १ का उम्मेदवार भक्त कुँवरको चुनावी कार्यक्रम जिल्लाको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङका विभिन्न टोलमा भएको छ । दुर्लुङको सल्यान, देउराली, कोटथर, भुजेलथान, काफलबोट, चनौटे लगायतका ठाउँमा घरदैलो र कोणसभा गरिएको हो । उहाँले नेकपा एमालेकै सरकारले दुर्लुङसम्मको सडक कालोपत्रे गरेर नागरिकलाई सहज रुपमा हिडडुल गर्न पाएको भन्दै अन्य टोल क्षेत्रका सडकको विकास, खानेपानी र गुणस्तरीय शिक्षा र स्वास्थयका लागि पुन एमालेलाई बिजयी गराउन आग्रह गर्नुभयो । उहाँले नागरिकवाट विभिन्न मागहरु आएको बताउँदै आफु बिजयी भएर गएपछि एक एक गरी सम्वोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमम नेकपा एमाले केन्द्रीय सल्लहाकार परिषदका सदस्यका गणेश शर्मा पौडेल, प्रदेश कमिटि सचिवालय सदस्य मेघनाथ सुवेदी, मनोहर वि पौडेल, शान्त पौडेल, समानुपातीक उम्मेदवार कमला पन्त, जिल्ला स्तर र नगर तहक नेताहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!