पर्वत काँग्रेसद्धारा ६१ वटै वडामा जनताको साथमा काँग्रेस अभियान सम्पन्न - News site from Nepal

पर्वत- नेपाली काँग्रेस पर्वतले बुधवार ६१ वटै वडामा जनताको साथमा काँग्रेस अभियान एकैपटक दिउँसो १ शुभारम्भ गरि सम्पन्न भएको छ ।
जिल्ला तथा प्रदेश तहका नेताहरुको सहभागितमा जनताको साथमा काँग्रेस अभियान शुरु गरिएको हो । आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर अभियान थालिएको हो । नेपाली काँग्रेसको पक्षमा जनलहर पैदा गर्न र काँग्रेसलाई आगामी निर्वाचनमा बिजयी गराउनका लागि अभियान शुरु भएको हो ।
सो अवसरमा नेपाली काँग्रेस नेतृत्वले गरेका कामहरु जनतासम्म प्रचारप्रसार गर्दै जनताका गुनासा र समस्या बुझ्ने काम समेत भएको पर्वत काँग्रेसका प्रवक्ता अच्युत तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार बुधवार ६१ वटै वडामा कार्यक्रम सम्पन्न भएका छन् । अब भदौ २४ गते जिल्लामा हुने कार्यक्रममा आज खटिएका प्रतिनिधिहरुले कार्यक्रमको प्रभावकारीता र अवस्थाबारे रिपोर्टीङ गर्ने र दोस्रो चरणको अभियान थालिने उहाँले बताउनुभयो ।
यो अभियान १५ दिनसम्म संचालन भैरहेको उहाँको भनाई छ । अभियानमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चम्पा खड्का, पूर्व केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, जिल्ला सभापति युवराज जोशी, गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशी लगायत जिल्लार प्रदेश तहका सवै नेताहरुलाई परिचालन गरिएको समेत तिवारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!