पर्वतका मिडियाकर्मीका लागि निर्वाचन सम्वन्धि अभिमूखिकरण - News site from Nepal
पर्वतका मिडियाकर्मीका लागि निर्वाचन सम्वन्धि अभिमूखिकरण

पर्वत- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल गराउन मिडियाको भूमिकाबारे अन्तरक्रिया गरिएको छ ।
आइतवार कुश्मामा जिल्ला निर्वाचन कार्यालयको आयोजनामा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निश्पक्ष र मितव्ययी बनाउने सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गराउन मिडियाकर्मीलाई ध्यानाकर्षण गराएको हो । जिल्लास्तरीय मिडिया अभिमुखिकरण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत आनन्दप्रसाद श्रेष्ठले आगामी निर्वाचन सफल तुल्याउन महत्वपूणर् भूमिका मिडियाको रहेको बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत श्रेष्ठले निर्वाचन आचारसंहितालाई पूणर् रुपमा कार्यान्वयन गरी निर्वाचनलाई सफल बनाउन निर्वाचन सम्वन्धी सकारात्मक सन्देश प्रवाह गर्न गराउन मिडियाकर्मीलाई आग्रह गर्नुभएको थियो । निर्वाचनले राज्य सत्ता संचालनमा सक्षम नेतृत्व निर्वाचित गराउनका लागि आम मतदाताको मत महत्वपूणर् रहेको जानकारी गराउनुभयो । जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले राजनीतिक दल, सार्वजनिक पद धारणा गरेको, मतदाता शिक्षा कार्यक्रमा सहभागि कर्मचारी, सरकारी तथा गैरसरकारी निकाय वा सार्वजनिक संस्था, मिडिया लगायतले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्नुभएको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा पर्वतमा १ लाख २२ हजार ६ सय ४९ मतदाता रहेका छन् ।
७६ वटा मतदान स्थल र १ सय ४८ वटा मतदान केन्द्र रहेका छन् । नेपाल पत्रकार महासंघ पर्वत शाखाका अध्यक्ष सन्तोष थापाले निर्वाचमा मिडिया र पत्रकारको भूमिकाबारे जानकारी गराउनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!