कुश्माका विद्यालयका प्रअहरुको भेला – आन्तरीक दरवन्दी मिलान गरिने - News site from Nepal

पर्वत- पर्वतको कुश्मानगरपालिका मातहत रहेका विद्यालयहरुका प्रधानाध्यापकहरुको बैठक आज कुश्मामा सम्पन्न भएको छ । कार्यक्रममा सहभागि भएका प्रधानाध्यापकहरुले विद्यालयका समस्याहरु सुनाउनुभएको थियो भने जनप्रतिनिधी र शिक्षा शाखाका कर्मचारीहरुले समाधानका विषयमा प्रतिबद्धता जनाउनुभयो ।
अधिकाँश शिक्षकहरुले विद्यालयहरुमा दरबन्दी नभएको, भौतिक संरचनाको अभाव रहेको र कतिपय विद्यालयमा विद्यार्थी टिकाउन नसकिएको गुनासो गर्नुभएको थियो । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले दरबन्दीको समस्या देशैभरि रहेको र यसका लागि केन्द्रिय तहबाटै नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।|
उहाँले नगरपालिका भित्रका विद्यालयका समस्याका बारेमा कुश्मा नगरपालिकाले नियमित रुपमा जानकारी लिँदै आएको र समस्याहरुको समाधान गर्दै आएको बताउनुभयो । कुश्मा नगरपालिका शैक्षिक विकास, गुणस्तर सुधार र शिक्षकहरुको क्षमता विकासमा बढि केन्द्रित भैरहेको जोशीले बताउनुभयो । प्रधानाध्यापकहरुले राखेका गुनासा र सुझाव जायज रहेको भन्दै जोशीले उहाँहरुका गुनासो सम्बोधन हुने पनि बताउनुभयो ।
उपप्रमुख स्वस्थानी रिजालले शिक्षा लाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । रिजालले कुश्मा नगरपालिका शिक्षकहरुले राखेका गुनासो र सुझावप्रति गम्भिर रहेको उल्लेख गर्नुभयो । भेलाले आन्तरिक शिक्षक दरवन्दी मिलान गर्ने र ९ सदस्यीय नगर परिक्षा समिति गठन गर्ने निणर्य पनि गरेको छ ।
नगर शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले बैठकमा नगरका शैक्षणिक योजनाहरुको बारेमा जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रसासकीय अधिकृत कुमानसिँह गुरुङ, कुश्मा नगरपालिका ६ का वडाध्यक्ष ईश्वर गिरी, नगर शिक्षा अधिकृत अर्जुन पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन नगर शिक्षा अधिकृत दिपक सुबेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!