भाईरल बाल गायिका कमला घिमिरे अब केहिबेरमा पर्वत महोत्सवको स्टेज चढ्दै, महोत्सवमा विद्यार्थीहरुको ओईरो - News site from Nepal
पर्वत-  पछिल्लो समय सामाजिक सञ्जाल युट्युबमा निकै नै भाईरल बनेकी बाल गायिका कमला घिमिरे अबको केहि बेरमा स्टेज चढ्ने आयोजकले जनाएको हो । माघ ९ देखि १९ सम्म सदरमुकाम कुश्मा बजारको बडगाउँमा संचालित छैठौ पर्वत महोत्सवमा आफ्नो प्रस्तुती देखाउन बाल गायिका घिमिरे आज पर्वत आएकी हुन् ।
लोक भाकामा सबैसंग दोहोरी गर्न सक्ने क्षमता भएकी घिमिरेले अहिलेसम्म २ वटा लोक दोहोरीमा स्वर दिईसकेकी छिन् ।आज चर्चित बालकलाकार कमला घिमिरे सहित मेलिना राइ, रितु थापा, बसन्त लम्साल, कमलादेवी शर्मा, लक्ष्मी गौतम लगायतका कलाकारको प्रस्तुति रहेको आयोजकले जनाएको छ ।अहिले चार बजेपछि उनको विशेष प्रस्तुती रहने छ भने मोडल तथा गायिका मेलिना राईको पनि प्रस्तुती आजै साँझ रहने बताईएको छ । दुईवटा चर्चित गायिका आउने भएपछि महोत्सवको प्रवेश शुल्क समेत बृद्धि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!