
पर्वत- गाउँ छोडेर पोखरा पुगेर बसोबास, अध्ययन, पेशा व्यवसाय र विभिन्न संस्थामा कार्यरत पर्वतको फलेवास नगरपालिका १० कुर्घावासीहरुको साझा संस्था कुर्घा– पोखरा सम्पर्क समाजको प्रथम अधिबेशन सम्पन्न भएको छ ।
सभा सहित गाउँले सबै जुटेर बनभोज समेत आयोजना गरि सम्पन्न गरेका छन् । यहि पुष २६ गतेका दिन उक्त कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले समाजमा देखिएको सौहार्दपूर्ण एकताको प्रसंसा गर्नुभयो । उहाँले गाउँ छाडेर पोखरा आएकाहरु एकत्रित भई सामाजिक अभियानका लागि समाजमा आवद्ध भएकोमा कुर्घाबासीहरुलाई यो संस्थालाई अझै प्रभवकारी बनाउन आग्रह गर्नुभयो । पोखरामा बस्नेहरुले कुर्घामा उत्पादन हुने तरकारी, फलफुल, दूध, खाद्यन्न लगायतको व्यवसाय पोखरा सम्म बिस्तारमा पनि सहयोग गर्न समाजलाई सुझाव दिनुभयो ।
मन मिले मात्रै संस्थाको गरिमा बढ्ने भएकाले सबैलाई एकतालाई कायम राख्न पनि पर्वतका साँसद समेत रहेका नेता लम्सालले आग्रह गर्नुभयो । प्रमुख अतिथीको रुपमा गण्डकी प्रदेशका मन्त्री एवं पर्वतका साँसद लम्साल कार्यक्रममा सहभागी हुनुभएको थियो । कार्यक्रममा सहभागी फलेवास नगरपालिकाका उपप्रमुख मन्जु अधिकारीले समाजको कार्यक्रममा सहभागी हुन पाउँदा गौरवान्वित महसुस गरिएको बताउनुभयो ।
अधिकारीले कुर्घाको समग्र विकास गरि स्थानीय स्तरमै रोजगारीको सृजना गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । कुर्घा– पोखरा सम्पर्क समाजका अध्यक्ष चित्र बहादुर क्षत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । अतिथी कलाकारले रुपमा स्थानीय कलाकार दण्डराज कँडेल सहभागी हुनुभएको थियो । प्रथम अधिबेशनले कार्यसमिति पनि हेरफेर गरेको छ । कार्यक्रममा म्यूजिकल चियर र घैटो फुटाउने प्रतियोगिता पनि भएको थियो । उक्त दुबै प्रतियोगितामा प्रथम भएका सन्देश चापागाईंलाई पुरस्कार स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । त्यस्तै आजिबन सदस्य र संस्थापक पदाधिकारी तथा सल्लाहकारहरु लाई प्रमुख अतिथीको हातबाट प्रमाण पत्र बितरण गरिएको थियो ।
कार्यक्रममा क्यालेण्डर बनाउँदा सबैभन्दा धेरै बिज्ञापन तथा शुभकामना शुल्क संकलन गरि संस्थालाई आर्थिक हिसाबले अगाडी बढाउन मद्दत गर्नुहुने उपाध्यक्ष सपना पौडेल र सुर्यराज पौडेल लाई प्रोत्साहन स्वरुप मायाको चिनोले सम्मान गरिएको थियो । त्यस्तै संस्थाको अध्यक्षता ग्रहण गरि संस्थालाई यो अवस्था सम्म ल्याई मार्ग चित्र कोर्नु भएकोमा धन्यबाद दिँदै संस्थापक अध्यक्ष चित्रबहादुर क्षत्रीलाई मायाको चिनो प्रदान गरिएको थियो । क्षत्रीले ब्यक्तिगत तर्फबाट संस्थाका महासचिव सुर्यराज पौडेललाई मायाको चिनो प्रदान गर्नुभएको थियो । प्रमुख अतिथी , बिशिस्ट अतिथी तथा अतिथी कलाकार लाई पनि संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा लगभग ७० जनाको उपस्थिति थियो । भेला मार्फत चयन भएको नयाँ कार्यसमितिको नामावली यसप्रकार छ ।
अध्यक्ष श्री गणेश बहादुर गुरुङ निबर्तमान अध्यक्ष श्री चित्र बहादुर क्षत्री बरिस्ठ उपाध्यक्ष श्री धन प्रसाद पौडेल उपाध्यक्ष श्री सपना पौडेल सचीव श्री सुर्यराज पौडेल सह( सचीव श्री यज्ञ राज पौडेल कोशाध्यक्ष( श्री नबराज पौडेल सदस्य श्री भोजराज कंडेल सदस्य श्री शिब राज चापागाईं सदस्य श्री मोहोदत्त चापागाईं (मुकुन्द) सदस्य श्री कल्पना देबि शर्मा सदस्य श्री शिव प्रसाद पौडेल सदस्य श्री झलक प्रसाद शर्मा सदस्य श्री देबि कुमारी शर्मा (गौरी) सदस्य श्री बिष्णु कुमारी पन्त सदस्य श्री भवानी पन्त सदस्य श्री धना के.सी सदस्य श्री टेक बहादुर गुरुङ सल्लाहकारहरु श्री नारायण प्रसाद चापागाईं ( धिराज) श्री बबिन बाग्दाश श्री कृष्ण लम्साल श्री सुदन क्षत्री श्री टोनि प्रसाद गुरुङ श्री युधिस्ठिर शर्मा श्री राजेन्द्र पौडेल श्री जयपती शर्मा