फोहोर व्यवस्थापनलाई व्यवस्थित वनाँउदै पर्वतको जलजला गाँउपालिका - News site from Nepal

पर्वत – शहरी क्षेत्रको वृद्वि सँगै वढदै गएको फोहोरमैलाको व्यवस्थापनका लागी सार्वजनिक निजि साझेदारी अवधारणमा आधारित रहेर गाँउपालिकाले सम्झौता गरेको छ । हालसम्म सामुदायीक र व्यक्तीगत प्रयासमा भैरहेको फोहोर व्यवस्थापनलाइ पहिलोपटक गाँउपालिकाले आफ्नो स्वामित्व अन्तर्गत सञ्चालन गरेको हो । विशेषगरी गाँउपालिकाको वडा न २ , ३ , ४ ,७ , ८ का वगरफाँट , वारिवेनी , लामाखेत , मोहनचोक , मिलनचोक , लस्ती , फर्से , खनियाँघाट क्षेत्रमा वजारीकरण वृदि हुँदै गएको छ ।

फोहोर व्यवस्थापनका लागी यसअघी गाँउपालिकाले इच्छुक निजिक्षेत्र तथा संस्थालाइ सुचना प्रकाशन गरी प्रस्ताव पेश गर्न आह्ववान गरेको थीयो । तोकिएको मितिमा २ संस्थाले प्रस्ताव पेश गरेकोमा कार्तिक १३ गतेको गाँउपालिकाको वैठकले पिपलवोट युवा क्लव जलजला -३ को प्रस्ताव स्विकृत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

उक्त क्लवले गाँउपालिकावाट स्वीकृत फोहोरमैला व्यवस्थापन सम्वन्धी कार्यविधिमा तोकीएको रकम फोहोर व्यवस्थापन वापत उठाउनेछ भने वार्षीक ४ लाख ८० हजार रुपैंया गाँउपालिकालाई बुझाउने प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो । फोहोर व्यवस्थापनका लागी गत आर्थीक वर्षमा गाँउपालिकाले ट्रयाक्टर खरिद गरिसकेको छ ।

गाँउपालिकाले उक्त क्लवलाइ ट्रयाक्टर उपलव्ध गराउनेछ भने ट्रयाक्टर सञ्चालन तथा अन्य खर्च पिपलवोट युवा क्लवले व्यहोर्ने गरी सम्झौता भएको गाउँपािलकाले जनाएको छ । फोहोर मैला ब्यवस्थपनका लािग गत आर्थीक वर्षनै सम्झौता गर्ने लक्ष्य लिइएको भएता पनि लकडाउनका कारण सम्झौता कार्य पछि हुन गएको शर्माले बताउनुभयो । यस अघि पर्वतको कुश्मा नगरपालिकाले मात्र फोहोर ब्यवस्थापन संस्थागत रुपमा गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!