कस्तो दुःखद संयोग : घरमा छोरी जन्म, अस्पतालमा बाबुको निधन - News site from Nepal
कस्तो दुःखद संयोग : घरमा छोरी जन्म, अस्पतालमा बाबुको निधन

पाँचथर : यहाँको फिदिम नगरपालिका–५, का वडाअध्यक्ष लीलाराज तुम्बापोको ३५ वर्षको उमेरमा निधन भएको छ। झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा शुक्रबार उनको निधन भएको हो।
बिहीबार सिकिस्त बिरामी भएपछि फिदिमस्थित समर्पित अस्पताल भर्ना गरिएका तुम्बापोको स्वास्थ्यमा सुधार नआएपछि साँझ हेलिकप्टरमार्फत बीएण्डसी अस्पताल लगिएको थियो।
भेन्टिलेटरमा राखेर उपचारका क्रममा तुम्बापोको निधन भएको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए। तुम्बापोको रक्त क्यान्सरबाट निधन भएको हो।
उनलाई शुक्रबार दिउँसो साढे दुई बजे अस्पतालले मृत घोषणा गरेको थियो।  तुम्बापोको शव शुक्रबारै पाँचथर ल्याइने हाल बीएण्डसी अस्पतालमै रहेका सुमन तुम्बापोले बताए।
राष्ट्रिय युवा संघ पाँचथरका सह–संयोजकसमेत रहेका तुम्बापो जिल्लामा जुझारु र शालीन युवा नेताका रुपमा परिचित थिए। उनी गत स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट फिदिम–५, को वडा अध्यक्षमा निर्बाचित भएका थिए।
दुःखद संयोग गम्भीर बिरामी भएर उपचारका क्रममा बाबुको निधन हुनु केहीघण्टा उनी घरमा छोरीको जन्म भएको थियो। वडाध्यक्ष बाबुको निधन भएकै दिन उनकी श्रीमतीले दोश्रो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन्। शुक्रबार बिहान ३ बजेको समयमाा छोरीको जन्म भएको आफन्त इन्दिरा तुम्बापोले जानकारी दिइन्।
अब उनको परिवारमा अब दुई छोरी भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!