आज राप्रपाले ७७ वटै जिल्लामा हस्ताक्षर संकलन गर्दै - News site from Nepal
आज राप्रपाले ७७ वटै जिल्लामा हस्ताक्षर संकलन गर्दै

काठमाडौं – हिन्दू राष्ट्र माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज ७७ वटै जिल्लामा एक साथ हस्ताक्षर संकलन गर्दैछ ।
सरकारलाई बिभिन्न २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएर आन्दोलनमा उत्रिएको राप्रपाले पहिलो चरणमा चैत २३ गते सम्म हस्ताक्षर अभियान सञ्चालन गर्न लागेको हो । प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार, दिउँसो एक बजे काठमाडौंको वसन्तपुरमा बिशेष कार्यक्रम गरी राप्रपाले अभियान सुरु गर्दैछ । पार्टी अध्यक्ष कमल थापाले भने प्रदेश ३ को अस्थायी राजधानी समेत रहेको गृहनगर हेटौंडाबाट अभियानको सुरुवात गर्दैहुनुन्छ ।
आज ७७ जिल्लामा अभियान चलाउने राप्रपाले भोलिबाट स्थानीय तहबाट पनि हस्ताक्षर संकलन गर्ने जनाएको छ ।  २५ गते ७७ जिल्ला सदरमुकाम, सात प्रदेशका मुकाम र सिंहदरबारमा १ घण्टा धर्नाको कार्यक्रम तय भएको राप्रपाले जनाएको छ । स्थानीय तहमा धर्ना र ८ गते राजमार्गहरुमा २ घण्टाको सत्याग्रह गर्ने राप्रपाको तयारी छ ।
  राप्रपाले नेक्र वित्रम चन्द नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्दै वार्ताबाट समस्याको समाधान गर्न सरकारसँग माग पनि गर्दै आएको छ । उसले मुलुकका सबै शक्तिलाई समेट्दै गोलमेच सम्मेलनबाट सम्पूर्ण असन्तुष्टि सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै आएको छ ।    प्

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!