मुस्ताङमा भारतीय तीर्थ यात्रीको मृत्यु - News site from Nepal
मुस्ताङमा भारतीय तीर्थ यात्रीको मृत्यु

मुस्ताङ – मुस्ताङमा सोमबार एक भारतीय तीर्थयात्रीको ज्यान गएको छ । ज्यान जानेमा भारतको हैदरावादका ६३ वर्षीय प्रसन्न कुमार रहेको गण्डकी प्रदेश प्रहरी प्रदेश कार्यालय पोखराले जनाएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन गरी फर्कने क्रममा कुमारलाई जोमसोममा मुटुको समस्या देखिएको थियो ।
जोमसोम अस्पतालमा उपचार गराएर फर्कने क्रममा अचानक ढलेर बेहोस भएका कुमारको अस्पताल पुर्‍याए लगत्तै ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!