पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ लम्पाटामा रहेको त्रिभूवन आधारभुत विद्यालयमा अक्षयकोष स्थापना भएको हो ।
स्थानीय त्रिभूवन सापकोटा र राजुकुमार सापकोटाले आफ्ना स्वर्गिय बाबु नारायणदत्त सापकोटाको बार्षिक पुण्य तिथिको अवसरमा रु ५० हजार रुपैया बराबरको नारायण दत्त सापकोटा स्मृति अक्षकोष स्थापना गर्नुभएको हो ।
अक्षयकोषको रकम शुक्रवार बार्षिक पुण्य तिथिको अवसरमा आयोजित एक कार्यक्रमका बीच संरक्षक संरक्षक भगवती सापकोटाले विद्यालयका निमित्त प्रद्यानाध्यापक अशोक केसीलाई हस्तान्तरण गर्नुभएको हो । उक्त अक्षयकोषको व्याज रकमबाट विद्यालयमा कक्षा तीन र कक्षा ८ को बार्षिक परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छात्र र छात्रालाई छात्रबृत्ति वितरण गरिने स्वर्गिय सापकोटाका छोरा त्रिभूवन सापकोटाले जानकारी दिनुभयो ।
सोहि अवसरमा स्थानीय शिव शक्ति आमा समुहलाई सामाजिक कार्यका लागि ५० थान भान्छाका लागि प्रयो हुने प्लेट सहयोग गरिएको छ । थोरै भएपनि शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उद्धेश्यले ५० हजार रुपैयाको अक्षयकोषवाट शुरुवात गरिएको सापकोटा परिवारले जनाएको छ ।
सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय नारायणदत्त सापकोटाको गत मंसिर २३ गते निधन भएको थियो ।