पर्वतका स्थायी शिक्षकहरु पनि संगठित, सरकार बिरुद्ध आन्दोलन गर्ने - News site from Nepal

पर्वत–सरकारले बेवास्ता गरेको भन्दै गरेको भन्दै पर्वत जिल्लाका कार्यरत स्थायी शिक्षकहरुले एकजूट भएका छन । देशका अन्य जिल्लाहरुमा पनि स्थायी शिक्षकहरुले एकजुट हुँदै स्थायी शिक्षक हकहित मञ्च गठन गरिरहेको सन्दर्भमा पर्वतका स्थायी शिक्षकहरुको आज भएको भेलाले हकहित मञ्च बनाएको छ ।
सरकारले आन्दोलनरत बिभिन्न प्रकृतिका शिक्षकहरुका मागबारे केही न केही सुनुवाई गरेको भएपनि २०७२ साल यता स्थायी बेनका शिक्षकहरु भने बिभिन्न तरीकाले मर्कामा परेको भन्दै शिक्षकहरुले भेलाको आयोजना गरेका हुन् । उनीहरुले ७ बर्ष सेवा गरेपछि बढुवा गरिनुपर्ने, शिक्षकहरुलाई पनि निजामति कर्मचारी सरह सेवा सुबिधा दिईनुपर्ने, प्रतिशतका आधारमा श्रेणी बढुवा गरिनुपर्ने र बेजिल्ला भत्ताको व्यवस्था हुनुपर्ने माग गरेका छन । अहिले शिक्षा ऐन संसोधनकै क्रममा रहेकोले आप्mना मागहरुलाई ऐनमा नै उल्लेख गर्नुपर्ने पनि शिक्षकहरुले बताएका छन । आजको भेलाबाट बिनय चापागाईँको अध्यक्षतामा ११ सदस्यीय समिति निर्माण गरिएको छ ।
जसको उपाध्यक्षमा कृष्णप्रसाद लामिछाने, सचिवमा दिवाकर अधिकारी, सह सचिवमा दिपक लामिछाने, कोषाध्यक्षमा तुलसी थापा, सह कोषाध्यक्षमा लक्ष्मण पौडेल र सदस्यहरुमा बसद्धिमान नेपाली, राम सुवेदी, डिल्लीराम पौडेल, संजय रेग्मी र गिता रिजाल रहनुभएको छ । यस्तै, भेलाबाट गाउँपालिकाका संयोजकहरु पनि तोकिनुभएको छ । जसमा जलजला गाउँपालिकामा डिल्लीराम पौडेल, कुश्मा नगरपालिकामा संजय रेग्मी, मोदी गाउँपालिकामा बुद्धिमान नेपाली, फलेवास नगरपालिकामा दिपक लामिछाने र बिहादी गाउँपालिकामा गणेश जोशी रहनुभएको छ ।
महाशिला र पैयूँ गाउँपालिका संयोजक भने पछि तोकिने भएको छ । समितिको सल्लाहकारहरुको रुपमा बिभिन्न बिद्यालयका प्रधानाध्यापक तथा स्थायी शिक्षकहरु रहनुभएको छ । जसमा मेखबहादुर खत्री, कृष्णप्रसाद सापकोटा, लक्ष्मण गौतम र राजु बि.क. रहनुभएको छ । यस्तै, स्थायी शिक्षकहरुको काठमाण्डौ केन्द्रित कार्यक्रममा सहभागी हुनका लागि केन्द्रिय प्रतिनिधिहरुको पनि चयन गरिएको छ । केन्द्रिय प्रतिनिधिमा कार्यसमितिमा रहनुभएका सबै जना पदाधिकारीहरु सहित विवास अधिकारी रहनुभएको मञ्चका अध्यक्ष बिनय चापागाईँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!