डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानद्धारा मृगौला र क्यान्सर पिडितलाई आर्थिक सहयोग - News site from Nepal

पर्वत–डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालले शनिवार चौथो बार्षिक स्मृति दिवसको अवसरमा मृगौला तथा क्यान्सर रोग पिडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
स्वर्गीय डिल्लीराम लामिछानेको स्मृतिमा प्रत्यक बर्ष आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग गर्दै आएको छ । चौथो स्मृति दिवसका अवसरका पर्वतका ६ जनालाई सहयोग गरिएको छ । कुस्माका बिष्णु परियार,विशिका परीयार,मुक्ति दमाई,घन्श्याम अर्याल,आसुतोष लामिछाने र बुद्धि सुवेदीलाई १०÷१० हजार प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले स्वर्गीय डिल्लीराम लामिछाने सँगको मित्रता र समन्वय गर्ने सक्ने संस्कारको अनुशरण सवैले गर्न आवश्यक रहेको बताए । नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भूषालले स्वर्गीय लामिछानेका नाममा स्थापना भएको प्रतिष्ठान काँग्रेसको नभई आम जनताको साझा प्रतिष्ठान भएको भन्दै थप शुभकामना दिनुभयो । नेपाल निजामति कर्मचारी युनियन गण्डकीका संयोजक शिवशर्मा अधिकारीले स्वर्गीय लामिछानेवाट सच्चा इमान्दार समाजसेवीको छाप अझै पनि रहिरहेकाले यसलाई जीवन्त राख्नसक्नुपर्ने बताउनुभयो ।
सो अबसरमा जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल,अमृत जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष गंगाधर तिबारी र एनआरएनएका केन्द्रिय सल्लाहकार गोविन्द सुवेदीले प्रतिष्ठानलाई क्रमस ५० हजार, २५ हजार ५ सय र ५० हजार सहयोगको घोषण गर्नुभएको छ । प्रतिष्ठानका संरक्षक तथा श्रमिती सीता काफ्ले लामिछानेले स्वर्गीय डिल्लीराम लामिछानेले अनुशरण गरेको सत्यकर्मलाई जीवनत साँची राख्न आफु त्रियाशिल रहिरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
स्मृति दिवसमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी कुस्मा नगरका अध्यक्ष शंकर गिरीले स्वर्गीय लामिछाने राजनितिको असल ज्ञाताका रुपमा आफुले बुझेको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल,उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा, नेपाली काँग्रेसका माहसमिति सदस्य बसन्त बहादुर सि.के,कुस्मा ७ का वडाध्यक्ष सुवास पौडेल,कुस्मा ४ का वडाध्यक्ष मिना कर्माचार्य, काँग्रेस जलजला गाउँपालिकाका सभापति चन्द्र बहादुर जि.सि लगायतले बोल्दै स्वर्गीय डिल्लीराम लामिछानेबाट सामाजिक ब्यक्तिमा हुनुपर्ने गुणहरु अनुशरण गर्न आग्रह गर्नुभएको छ ।
डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपाल पर्वतका अध्यक्ष राजिव लामिछानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । स्वर्गीय लामिछानेको सम्झनामा मुरली बजाई डण्डपाण्ी शर्मा र कृष्णप्रसाद शर्माले कबिता बाच्न गर्नुभएको हो । कार्यक्रममा नवचेतना सामुदायिक बिकास केन्द्रका अध्यक्ष गोपालदास बैरागीले उहाँको जीवनी प्रस्तुत गर्नुभएको थियो ।
डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपाल पर्वतका सदस्य हिरामणी सापकोटाले स्वागत मन्तव्य राख्नुभएको सो,कार्यक्रमको सञ्चालन सचिव पार्वती उपाध्यायले गर्नुभएको हो ।
२०२५ साल असोज ३ गते पर्वतको कटुवाचौपारीमा जन्मेका स्वर्गीय डिल्लीराम लामिछाने क्यान्सर रोगका कारण ४७ बर्षको उमेरमा गत २०७२ साल पौष १२ गते निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!