पर्वत प्रहरीको लैंगिक हिंसा न्यूनिकरणमा सक्रियता, लेखफाँटमा सचेतनामुलक कार्यक्रम सम्पन्न - News site from Nepal

पर्वत- लैंगिक हिंसा न्यूनिकरण विरुद्धको अभियान अन्तर्गत पर्वत प्रहरीले गाउँ गाउँमा पुगेर सचेतनामुलक कार्यक्रम संचालन गरिरहेको छ । केहि दिन अघि फलामानी पुगेको पर्वत प्रहरीले बिहीवार जलजला गाउपालिका वडा नं. ६, लेखफाट स्थित ग्राम प्रकाश माद्यामिक विद्यालयमा पुगेर लैङ्गीक हिंसा न्यूनीकरण तथा शान्ती सुरक्षा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना र प्रहरी चौकी लेखफाटको सहकार्यमा भएको कार्यक्रममा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले लैङ्गीक हिंसा तथा महिला हिंसाले समाजमा पर्न गएको असर र यस सम्बन्धीत प्रचलित ऐन, नियमका बारेमा प्रष्ट पार्नुका साथै समाजमा देखीने विभिन्न समस्याहरु मध्ये धेरैजसो मादक पदार्थ सेवन तथा लागु औषधको दुर्व्यसनीका कारणले नै भएको देखीएकाले त्यस्ता व्यक्तिहरुले आफ्नो आचारण सुधार गर्नुपर्नेमा जोड दिनुभयो । विभिन्न सामाजिक संजालहरुको प्रयोगबाट हुन सक्ने आपराधिक घटना प्रति सबै पक्ष पहिले नै सचेत रहनु पर्ने बताउँदै समाजको सुरक्षार्थ प्रहरी सदैव तयार रहेको बताउनुभयो ।
ग्राम प्रकाश माद्यामिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टुंगनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतका अध्यक्ष शिव प्रसाद सुवेदी, जलजला गाउपालिका वडा नं. ६ का वडाध्यक्ष तिलक बहादुर जि.सी, नेकपा गण्डकी प्रदेश कमिटी सदस्य यज्ञप्रसाद सुवेदी, लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका निमित्त प्रध्यानध्यापक नारायण मल्ल, जलजला गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष तिलक बहादुर जि.सी, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतका अध्यक्ष शिव प्रसाद सुवेदी लगायतले कार्यक्रमको विषयवस्तुमा केन्द्रीत रहेर आ- आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन पत्रकार विष्णु गौतम र सहजीकरण जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी जवान बसन्त सुनारले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!