पर्वतको कुस्मा नगरपालिकाले यसरी मनाउँदै छ शिक्षा दिवस - News site from Nepal
पर्वतको कुस्मा नगरपालिकाले यसरी मनाउँदै छ शिक्षा दिवस

पर्वत : अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०७६ को अवसरमा पर्वतको कुस्मा नगरपालिकाले नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
कुस्मा नगरपालिकाले एक सूचना जारी गर्दै यही भदौ १८ गते कश्माको शिवालय माध्यमिक विद्यालयमा नगरपालिका स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । यस बर्षको राष्ट्रिय शिक्षा दिवसको नारा हामी सबैको प्रण ः सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण राखिएको छ । नगरपालिकाका अनुसार कक्षा ९ देखि १२ सम्मको माध्यमिक तहका लागि हाजिरी जवाफ, कक्षा ६ देखि ८ सम्मको आधारभूत तहको लागि निबन्ध लेखन प्रतियोगिता र कक्षा १ देखि ५ सम्मको प्राथमिक तहको लागि चित्रकला प्रतियोगिताको आयोजना गरिएको हो ।
हाजिरी जवाफ प्रतियोगितामा नगरपालिकाभित्रका बिद्यालयहरुले सहभागिता जनाउन पाउने छन भने समूहमा कम्तीमा एक जना छात्रा सहित बढीमा ३ जना रहन सक्ने छन् । यस्तै, आधारभूत तहको निबन्ध लेखन प्रतियोगिता भदौ १९ गते र प्रा.वि तहको चित्रकला प्रतियोगिता भदौ २० गते सम्पन्न हुने छन् । प्रतियोगितामा प्रथम हुने बिद्यालयले ५ हजार, दोस्रो हुनेले ३ हजार, तेस्रो हुनेले २ हजार र सान्त्वना बन्ने बिद्यालयले १ हजार रुपैयाँ  र प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्ने छ ।
अन्तरािष्ट्रय साक्षरतता दिवस हरेक बर्ष सेप्टम्बर ८ तारिखमा मनाउने गरिएको छ । नेपाली मिति अनुसार यही भदौ २२ गते अन्तरािष्ट्रय साक्षरता तथा नेपालको शिक्षा दिवस मनाउन लागिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!