महाशीला दुर्घटनाका चार घाईतेको उपचार पोखरा मणिपालमा, अवस्था सुधारोन्मुख - News site from Nepal

पर्वत–पर्वतको महाशीलामा केहि दिन अघि भएको जीप दुर्घटनामा परि घाईते भएकाहरुको पोखरामा उपचार भैरहेको छ । उनिहरुको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।
जिप दुर्घटनामा परि घाइते भएका ४ जना घाइतेहरुको स्वास्थ स्थितीको बारेमा जानकारी लिन गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल, प्रवक्ता जीवन विक्रम उच्चै बिहीवार मणिपाल अस्पताल पोखरा पुग्नुभएको छ ।
सो अवसरमा घाईतेहरुको स्वास्थ अबस्था खतरामुक्त रहि सुधार उन्मुख रहेकोे पाईएको प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार उनिहरुको स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
लुंखुदेउराली बजारबाट बालाकोट तर्फ जाँदै गरेको ग २ च ७१२८ जीप लुंखुबजार भन्दा केही तल दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!