मन्त्री अधिकारीसहित मृतक सबैको शव काठमाडौं ल्याउने तयारी, खराब मौसमले समस्या - News site from Nepal

ताप्लेजुङ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी लगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
आज बिहानै घटनास्थलमा रहेका बाँकी ३ शवलाई सुकेटार विमानस्थलमा लगिएको र मौसमको अनुकुलता हेरेर काठमाडौं पठाइने तयारी गरिएको ताप्लेजुङका प्रहरी नायब उपरिक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।  यसअघि हिजो विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण शव उठाउने कार्य प्रभावित बनेको थियो ।
घटनास्थलबाट शव बोकेरै ल्याउने प्रयास गरिए पनि असफल भएपछि आज बिहान सेनाको हेलिकप्टरले आज बिहान मात्रै शव सुकेटार विमानस्थलमा पु¥याइएको हो । काठमाडौंबाट तेह्रथुमको चुहानडााडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएको मन्त्री अधिकारीसहितको टोली काठमाडौं फर्किने क्रममा हिजो ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो ।  दुर्घटनामा मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!